पुस १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा ह्यारी केनले ३२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा विलफ्रेड जाहाले रातो कार्ड पाएपछि क्रिस्टल १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ७४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।
जितसँगै टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल २० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।