चैत्र १८ गते शुक्रवार
मौरीपालन विकाश कार्यक्रम भण्डराको आयोजनामा तीन दिने आधुनिक मौरीपालन तालिम सम्पन्न भएको छ । २०७८ चैत्र १६ बाट सुरु भएको तालिम कार्यक्रम १८ गते समापन भएको थियो । तालिम २० जना प्रशिक्षार्थीहरुको सगभागिता रहेको थियो । चितवन, धादिङ मकवानपुर लगायत बागमति प्रदेशका विभिन्न जिल्लाबाट ६ जना महिला र १४ जना पुरुष गरी २० जनाको सहभागिता रहेको थियो । बागमति प्रदेशका वरिष्ट बाली संरक्षण अधिकृत गोविन्द प्रसाद पोखरेलको अध्यक्षताका सम्पन्न कार्यक्रममा कृषि अधिकृत तथा सूचना अधिकृत बाबुराम पन्त , प्राविधिक सहयक अमिता ज्ञवाली, अञ्जना महरा, प्रविणा श्रेष्ठ, राजेश प्रसाद यादब तथा वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्द प्रसाद पोखरेल , हरिश्चन्द्र घिमिरे प्रशिक्षक रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै बरिष्ठ बाली संरक्षण अधिकृत पोखरेलले राज्य किसानहरुको साथमा रहेको बताउनु भयो । तालिम बाट लिइएको दिइएको ज्ञान व्यवहारमा उतार्न सके मात्र तालिमको उपलब्धि हुने भन्दै नवप्रवेशी तथा व्यवसायिक किसानहरुलाई परामर्श लगाएतका सेवा सुविधा उपलब्ध गराउन कार्यलय तयार रहेको बताउनु भयो ।थोरै लगानीमा पनि गर्न सकिने भएकाले व्यवसायिक रुपमा मौरीपालनमा लागे रोजगारीका लागि युवाहरु विदेश जानु नपर्ने सुचना अधिकारी पन्तले कार्यक्रममा बताउनु भयो । तालिममा सहभागीहरुलाई वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्द प्रसाद पोखरेल तथा कृषि अधिकृत तथा सूचाना अधिकारी बाबुराम पन्तले प्रमाण पत्र वितारण गर्नु भएको थियो ।