मेरो आकांक्षा स्वभाविक हो , म कांग्रेस जिताउन प्रतिवद्ध छुः बुद्धिमान गुरुङ ।


प्रकाशवावु खनाल , चितवन
हाल सम्म दलीय निर्वाचनमा सन्तोषजनक उपलब्धी हात पार्न नसके पनि रत्ननगरको वडा नं १४ नेतै नेताले भरिएको वडा हो । यस वडामा एक दर्जन भन्दा बढी वडा अध्यक्षका आकांक्षी छन् । बिहिवार पत्रकारहरु सँग कुराकानी गर्दै बुद्धी गुरुङले वडाध्यक्षमा आफ्नो पनि आकांक्षा रहेको बताए । साथीहरुले अध्यक्षको लागि अघि बढ्न सल्लाह दिएकाे गुरुङको भनाई छ । “साथीहरु धेरै आकांक्षी हुनुहुन्छ , तर टिकट पाउने एउटाले हो” गुरुङ भन्छन् “ टिकट जस्ले पाए पनि जिल्ने कांग्रेसले हो , सबै साथीहरुलाई मेरो नाममा सहमति गराउँन सक्ने क्षमता म सँग छ ।” गुरुङ थप्छन् “ कांग्रेसको जितको लागि म त्याग गर्न पनि तयार छु ।
को हुन् त गुरुङ ?
गुरुङ पूर्वि चितवनका उदाउँदै गरेका नेता हुन् । विद्यालय जीवनबाट नै राजनीतिमा लागेका उनी सबै सँग चाडैँ घुलमित हुन सक्छन् । तरुण संगठनबाट आएका उनी जोसले भरिएको निडर व्यक्तिको रुपमा परिचित छन् । उनको पहलमा टोलकार्य समिति गठनको समयमा पनि अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने को संख्या उल्लेख्य थियो । जुन सुकै समयमा पनि उनी समाजसेवामा खट्न तयार हुन्छन् । पिठुवामा तरुण दलको नेतृत्वमा रहदा समेत उनले उल्लेख्य युवाहरुलाई अन्य पार्टी बाट नेपाली कांग्रेसमा प्रवेश गराएका थिए । राजनीतिलाई समाजसेवा सँग जोड्नु पर्छ भन्ने गुरुङ बाहिरी रुपबाट हेर्दा जति कडा देखिन्छन् भित्रबाट त्यति नै कोमल छन् ।
राजनैतिक यात्रा
गुरुङ साविक पिठुवाको २०५९ साल देखि लगाताए २ कार्यकाल सम्म तरुण दलका अध्यक्ष थिए । उनी २०७३ सालमा साविक क्षेत्र नं २ चितवनका अध्यक्ष समेत थिए । दोस्रो जनआन्दोलनमा सकृय सहभगिता भएका उनी हाल १४ औ महाधिवेसमा जिल्ला कार्य समिति सदस्यमा निर्वाचित हुन् ।
सामाजिक सम्बन्ध
गुरुङ द्वारिकादास मा वि व्यवस्थापन समितिका पूर्व सदस्य पनि हुन् । पिठुवा सिँचाई मूल समितिका पूर्व सदस्य समेत रहेका उनी पिठुवा टाँडी तमु समाजका अध्यक्ष पनि हुन् । सूर्यदय साकोसका निवर्तमान अध्यक्ष रहेका उनी चितवन सामुदायिक साकोसका सेवाकेन्द्र प्रमुख पनि हुन् । शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरका सभा सदस्य पनि हुन् ।
लक्ष्य
यहाँको बाटो , घरघरमा पनी , विजुली , शिक्षा ,स्वस्थ्य, विमा , रोजगारिता मुख्य ध्यान दिदैँ कृषिमा बिषेश ध्यान दिने उनको उद्देश्य छ । स्थानीय निकायमा हुने भनी सुन्ने गरेको भ्रष्ट्रचारलाई शून्यमा झार्ने उनको अर्को लक्ष्य छ ।
भ्रमण
उनीले दक्षिण अफ्रिका , टोगा ,घाना , अल्जेरिया, नाइजेरिया, कोनिया, तान्जेनिया, सिंगापुर, मलेसिया ,दुवई, भारत , थाईल्याण्ड, साउदी अरेविया लगायत एक दर्जन भन्दा बढि देशहरुमा भ्रमण गरिसकेका छन् । भ्रमणबाट देखेका विकाश अनुभवलाई वडामा अबलम्बन गर्ने उनको योजना छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.