प्रकाशवावु खनाल , चितवन
स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका माधव प्रसाद अर्यालले आन्तरिक प्रतिस्पर्धाका नमिठा क्षणहरुलाई बिर्सिएर कांग्रेस एक हुनुको विकल्प नभएको बताएका छन् । यस पटकको स्थानीय निर्वाचनमा तपाईँ मेयरको आकांक्षी हो भन्ने पत्रकारहरुको प्रश्नमा माधव अर्यालले निश्चय पनि रत्ननगरमा यस स्थानीय निर्वाचनमन आफूँ मेयरको आकांक्षी रहेको बताए । उनले भने “ मेरो आकांक्षा भन्दा पनि पार्टीमा एकता हुनु महत्वपूर्ण हो , नेपाली कांग्रेसको जित ठुलो कुरा हो” । उनले अझ थपे “२०५४ साल तथा २०७४ सालमा नेपाली कांग्रेसले पराजय बेहोर्नुको पछाडिका कारणहरुलाई पहिचान गर्नु आजको मुख्य आवश्यकता हो ।” यस पटक सबैलाई सहमतिमा ल्याएर रत्ननगरमा कांग्रेसलाई जिताउन साथीहरु सँग छलफल थालिसकेको छु मेरो नाममा सर्वसंम्मत हुने पक्का छ , उनले भने ।
को हुन् त अर्याल ?
अर्याल पुराना नेता हुन् । चितवनका उनी परिपक्क नेताको रुपमा परिचित छन् । उनी राजनैतिक परिवारका व्यक्ति हुन् । पञ्चायती शाशक विरुद्ध लुकी लुकी उनको परिवारका पिता, दाजु स्वयम् उनी संगठन विस्तारमा खटिएका थिए । उनका स्वं पिता सोवर्ण प्रसाद अर्याय तत्कालीन रत्ननगर ९ का २ कार्यकाल सम्म निर्विरोध वडा अध्यक्ष थिए । उनका पिता स्वं सोवर्ण हालको कपरफोरी मावी रत्ननगरका संस्थापक पनि हुन् । सामाजिक अभियान्ताका रुपमा जनमनमा बस्न सफल उनी कुशल संगठनकर्ता तथा शालीन र भद्र छन् । उनको शालीनताका कारणले विपक्षीहरुको मत समेत खाने विश्लेषकहरुको भनाई छ । कम बोल्ने अर्याल सबैलाई बराबर महत्व दिन्छन् । समाजका हरेक घटना क्रममा आफ्नो आर्को नभनी न्यायको पक्षमा सतिसाल झै उभिन्छन् । समाजमा वौद्धक र तार्किक व्यक्तिको रुपमा परिचय बनाएका छन् । निष्ठाको राजनीति गर्ने अर्याल विद्यार्थी जीवनवाट नै सबैले आश गरेका सरल , ईमान्दार क्षमतावान व्यक्तिका रुपमा चिनिन्छन् । विगतका निर्वाचित कम्युनिष्टहरुले रत्ननगरलाई बेथिति, अव्यवस्थित र भ्रष्ट्रचारको अखडा बनाएकाले कम्युनिष्टहरुलाई दण्डित गर्न जनता तयार रहेको उनको भनाई छ ।
राजनैतिक यात्रा
२०३५ सालबाट नै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका आर्याल २०४२ सालको सत्याग्रहमा पनि सहभागी बनेका थिए । निरंकुश पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोनमा सकृय रुपमा सहभागी बनेका उनी २०५१ सालमा नै साबिक क्षेत्र नं २ चितवनका सचिव थिए । उनी रत्ननगर ७ को निर्वाचित संस्थापक वडा अध्यक्ष समेत हुन् । त्यस समयमा उनले रत्ननगर नगर पालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रतिपक्षको नेतृत्व पनि गरेका थिए । उनी साविक क्षेत्र नं २ को २०६४ सालमा निर्वाचित सभापति समेत हुन् । नेपाली कांग्रेस चितवनको पूर्व जिल्ला सदस्य समेत रहेका उनी जनआन्दोलन २०६२, २०६३ मा सकृय रुपमा सहभागी भएका थिए । राज्यद्वारा तात्कालीन समयमा आतंककारी घोषित माओवादीको रातो सूचिमा समेत परेका उनी परिवार र आफ्नो ज्यूज्यानको रक्षाको लगि चितवनबाट विस्थापित भएको सम्झन्छन् । त्यस समयमा उनी निर्वाचित वडाध्यक्ष थिए । उनी गत स्थानीय निर्वाचनमा पनि कांग्रेसको तर्फबाट मेयरको लागि निकटतम आकांक्षी पनि थिए ।
सामाजिक सम्बन्ध
उनी टिकौली मध्यवर्ती समुदायिक वनका संस्थापक अध्यक्ष समेत हुन् । उनी रोटरी क्लव अफ रत्ननगरको २०७२ का अध्यक्ष समेत हुन् । उनी गायत्री हरिहर मन्दिर रत्ननगरका संस्थापक गुठीदाता समेत हुन् । नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य समेत रहेका उनी विभिन्न स्थानीय विद्यालय, शहीद स्मृति बहुमुखी क्याम्पस , बकुलहर रत्ननगर अस्पतालको पूर्व सदस्य ,सहकारीहरु लगायत करीव २ दजर्न सामाजिक संस्थाहरुको संस्थापक, नेतृत्वमा तथा समितिमा रहेर कार्य गरिसकेका छन् ।
लक्ष्य
अर्याल विकाशप्रेमी नेता हुन् । रत्ननगर संम्भावना बोकेको नगर भए पनि २०५४ सालको रत्ननगर र आजको रत्ननगरको विकाशमा तात्विक भिन्नता नरहेको उनको भनाई छ । २१ औ शताव्दिमा पनि नगरवासीहरु शिक्षा , स्वास्थ्य , शुद्ध खानेपानी र रोजगारीको पहुँचबाट टाढा रहेको उनको दाबी छ । रत्ननगरलाई भाषणमा रत्न बनाउने भनियो तर व्यवहारमा रत्ननगरको अवस्था उस्तै छ, तात्विक भिन्नता छैन । उनले भने “ सबै भन्दा पहिला म रत्ननगरको दीर्घकालीन र अल्पकालीन विकाश योजनाको खाका तयार गर्छु । चितवन ७८ औ जिल्लाको रुपमा पनि चिनिने हुनाले जातीय तथा सामाजिक विभेदको अन्तय गर्दै सामुदायिक सद्भाव कायम गर्ने उनको लक्ष्य छ । पूर्वी चितवनलाई एउटा पर्याटकीय हवको रुपमा विकाश गर्दै सौराह , सिराईचुाली , परेवाकोट ,राप्ती , बुढी राप्ती , लौरिघोल , बुढी कुलो, खगेरी खोला, कयर खोलालाई व्यवस्थित बनाउदै पैदय यात्रा , साइकल लेन , नदी नियन्त्रण जस्ता विषयमा विशेष ध्यान दिने उनको लक्ष्य छ , आवश्यक मल खाद र सिँचाईको उचित व्यवस्थापन गरी बजारको राम्रो व्यवस्था गरी कृषि उपज माफर्त रत्ननगरलाई समृद्ध बनाउने योजना छ । ग्याँस र पेट्रोलियम पदार्थमा भैरहेको परनिर्भरता कम गर्न इलेक्ट्रिक चुलो , गोवर ग्याँस, इलेक्ट्रिक साइकलमा अनुदानको व्यवस्था गर्ने । वृद्धवृद्धाहरुको लागि योगदानमा आधारित बीमा र पेनशन मार्फत सेवा सुविघा उपलब्ध गराउने उनको लक्ष्य छ । सुकुम्वासी लगायत अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउदै पर्यावरण संरक्षणमा लाग्ने उनको उद्देश्य छ । हाल सम्म गफमा मात्रै शीमित रत्ननगरको रिङरोडमा विशेष ध्यान दिने उनको योजना छ ।
भ्रमण
अर्यालले अमेरिका, जापान, दक्षिण कोरिया, थाईल्यण्ड, कतार, भारत, चिन, जस्ता विकशित मुलुकको भ्रमण गरेका छन् । विकशित मुलुकका विकाशका नमूनाहरुलाई प्रयोग गर्दै अन्तराष्ट्रिय संस्थाहरु सँग भगिनी सम्बन्ध कायम गर्दै समन्वय गरी विकाश भित्र्याउने उनको लक्ष्य छ ।