जनताको सेवामा प्रतिवद्ध भएकाले जनमनमा बस्न सफल भएँः मुकुन्दराज अधिकारी ।


प्रकाशवावु खनाल , चितवन
स्थानीय निर्वाचन नजिकिदै गर्दा रत्ननगर १४ का कांग्रेसहरुमा गठबन्धनका कारणले वडा छोड्न्ु पर्ने हो कि भन्ने त्रास छ । गत स्थानीय निर्वाचनको तुलनामा यस वर्ष नेपाली कांग्रेसका मतदाताहरु पनि बढेका तथा अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या पनि उल्लेख्य छ । त्यसैले यो वडा कांग्रेसले स्वतः जित्ने विश्लेषकहरु बताउँछन् । तर आकांक्षीहरु भने यस वडामा १ दर्जनको हाराहारी मा छन् । शुक्रवार पत्रकारहरुको प्रश्नमा मुकुन्दराज अधिकारीले यस पटक वडाध्यक्षमा आफ्नो आकांक्षा रहेको बताएका छन् । “मैले विनालाभ विना स्वार्थ जनताको सेवा गरेको छु” अधिकारी भन्छन् “ हरेक दिन वडा कार्यालयमा बसी समस्या लिएर आउने जनतालाई खाली हात पठाइन” अझ उनी थप्छन् “ सेवाग्रहीको चापमा सिफारिस र निवेदन लेखिदिन पनि म तयार रहन्थे ।” वडाध्यक्षमा कांग्रेसले हारे पनि कांग्रेसलाई आफूँले हारेको महशुस हुन नदिएको उनको भनाई छ । गत कार्यकालबाट बजेट , जनताका समस्या , भ्रष्ट्रचार हुन सक्ने ठाँउहरुको बारेमा पूर्ण जानकारी भएकाले सबै प्रकारका चुहावट रोकी जनताको पक्षमा काम गर्ने उर्जा म सँग छ , उनले भने । गत स्थानीय निर्वाचनमा पनि जनताले मलाई अनुमोदन गरेका थिए । आफ्नो आर्को नभनी सबैलाई समान व्यवहार गरेकाले पनि यस पटक वडाध्यक्षको लागि पछि नहट्न जनताले सुझाव दिएका छन् । आफूँ पार्टीको इमान्दार सिपाही भएकोले आफूँले टिकट पाए पनि अरुले पाए पनि कांग्रेस जिताउन प्रतिवद्ध रहेको उनी बताउँछन् ।

को हुन् त अधिकारी ?
गत स्थानीय निर्वाचनमा वडा बाट अध्यक्ष कांग्रेसले गुमाउँदै गर्दा अधिकारी लगायतका सदस्यहरुले भने जित हात पारेका थिए । यस हिसाबले अधिकारी जनताका बीचमा प्रिय छन् । उनी कम बोल्छन् र धेरै सुन्छन् तर बोलेका कुरा प्रतिबद्ध भै पुर्याउँछन् । उनको परिवार ब्राह्मण भएकाले पनि हजुरबाको समय बाट नै समाजमा शालीन परिवारको रुपमा स्थापित छन् । उनको हजुरबा रामप्रसाद शर्मा पण्डित हुन् । त्यसैले हजुरबाको नाम र कामबाट पनि समाजमा उनी लोकप्रिय छन् । उनका बा नवराज शर्मा अधिकारी हाल पनि जनदय माविका प्रधानाध्यापक हुन् । बा को कारणले पनि उनी अझै प्रिय छन् । यतिमा मात्रै उनको परिचय सीमित राखियो भने उनी माथि अन्याय हुन्छ । उनी स्वयम् पनि शालीन छन् । सबै सँग सजिलै घुलमिल हुन सक्छन् । वडा नं १४ मा देखिएका आकांक्षी मध्ये उनी कान्छा र सबै भन्दा बलिया आकांक्षी पनि हुन् । गत स्थानीय निर्वाचनमा पाएको जित सँगैको परिणमाले पनि उनको लोकप्रियता प्रष्ट पार्दछ । चोक चौतारी तिर पनि अधिकारीले टिकट पाउनु पर्ने भन्दै उनको पक्षमा आवाज सुनिन्छ । वडा भित्र सबै सँग पारिवारिक सम्बन्ध भएकाले पनि उनले विपक्षहरुको मत समेत खाने अनुमान गरिन्छ ।
राजनैतिक यात्रा
उनी जनजागृति माध्यमिक विद्यालयमा अध्यायन रहदैँ देखि नेपाल विद्यार्थी संघमा अवद्ध थिए । शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा उनी ईकाइ सदस्य समेत थिए । उनी नेपाली कांग्रेस साविक पिठुवा गाविसको पूर्व सहसचिव समेत हुन् । स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फबाट लोकप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित भएका थिए । जनआन्दोलन २०६२,२०६३ मा उनले सकृयताका साथ सहभागिता जनाएका थिए ।
सामाजिक सम्बन्ध
अधिकारी नेपाल रेडक्रसका अजीवन सदस्य हुन् । समाजमा रहेका क्लव , मठ , मन्दिर , खानेपानी , कुलो लगायतका क्षेत्रमा समेत रहेर सामाजिक कार्यमा लागेका व्यक्ति हुन् ।

लक्ष्य
कार्यकारी भूमिकामा नभएकाले आफूँले चाहे जति गर्न नसकेको अधिकारी बताउँछन् वडाको विकाशका लागि बाटो, ढल निकास, तटबन्धन , प्राविधिक शिक्षा मार्फत रोजगारीको श्रृजना, पानी विजुली, किसानहरुलाई मल, वीउ बीजन र बजारको व्यवस्था, हाट बजार, पार्कको व्यवस्था , युवाहरुलाई खेलकुदको लागि कबर्डहल , जेष्ठनागरिकको लागि योगदानमा आधारित सेवा सुविधा , आर्थिक अवस्था कमजोर भएकालाई शिक्षा र स्वास्थ्यमा सुविधा दिने उनको उदेश्य छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.