वडावासीको सुझावलाई सम्मान पर्छु: होमनाथ रानाभाट ।

प्रकाशबाबु खनाल , चितवन

स्थानीय निर्वाचन नजिकिदै छ । नगरमा वडामा आकांक्षीहरुले आकांक्षा राख्न थालेका छन् । रत्ननगर १४ को वडाध्यक्षको लागि होमनाथ रानाभाटले ईच्छा राखेका छन् । यस वडामा १ दर्जन आकांक्षी भए पनि रानाभाट बलिया आकांक्षी हुन् । उनी पुराना नेता स्व. पूर्व सांसद एकनाथ रानाभाटका भाइ हुन् ।उनी रत्ननगरका स्थापित नेता हुन् ।१४ औ अधिवेसनमा पनि संस्थापन ईतर टिमबाट नगर सभापतिको लागि उनको नाम चर्चामा थियो । तर उनी वडा बिग्रिएकाले वडा बनाउन भनेरै बसेको बताउँछन् । वडा सभापतिमा पनि सहमति गर्दै उनी पछि हटेका थिए ।
उनी बिगतमा पनि वडाध्यक्ष भै सकेका छन् । साविक पिठुवा ६ को दुई पटक सम्म उनी निर्वाचित वडाध्यक्ष हुन् । नेपाली कांग्रेसको पिठुवाको संगठन बिस्तारमा उनको ठूलो योगदान छ । स्थानीय क्लव, मन्दिर,खानेपानी ,बाटो लगायतका सामाजिक कार्यमा लागिरहन्छन् । अव्यवस्थित सुकुम्वासी वस्तिलाई व्यवस्थित बनाउने कार्यमा पनि उनको योगदान रहेको स्थानीयहरु बताउँछन् । गत स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा उनको नाम चर्चामा थियो । तर सांसदले आफ्नै भाइलाई टिकट दिलायो भन्ने आरोप लाग्ने हुनाले पछि हटेको उनी बताउँछन् । यस वडामा कांग्रेसको संगठन बिग्रिएकाले पनि जनताले वडाध्यक्षको लागि आफूलाई अघि सारेको उनी बताउँछन् । उनी विकाश प्रेमी नेता हुन् । प्रतिपक्ष सँग खरो रुपका वादप्रतिवाद गर्न सक्ने खुबी उनमा छ । जुनसुकै सामाजिक मुद्दाहरुमा व्यक्ति दल नभनी न्यायको पक्षमा बोल्ने र उभिने बानी कै कारण उनी वडावासीको मनमा बस्न सफल भएका हुन् । न्यायको पक्षमा उभिने बानी कै कारण विपक्षीहरुको मत समेत उनले खाने विश्लेशकहरु बताउँछन् ।सामाजिक क्षेत्र तथा राजनीतिमा सकृय रहे पनि स्व.दाजु एकनाथलाई भाइलाई अगाडि ल्यायो भन्ने आरोप आउन सक्ने भन्दै उनी स्वयं पदको लागि पछि हट्थे । तर यस पटक वडावासीको सुझावलाई सम्मान गर्दै वडाध्यक्षको लागि तयारी गरेको बताउँछन् । राजनीतिमा होमनाथ कलंक रहित र त्यागी नेताको रुपमा स्थापित छन् ।व्यवस्थित वाल उद्यायन, कृषिलाई व्यवसायीकरण, सिँचाईको व्यवस्था, वृद्धवृद्धालाई निशुल्क स्वस्थ्य सेवा , निशुल्क शिक्षा , सबै सडकलाई कालोपत्रे बनाउने लगायतका उनका योजना रहेको छ । विशेष गरी वडालाई भ्रष्ट्रचार मुक्त बनाई पनपक्ष नगरी जनताको सेवामा लाग्ने उनको अठोट छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.