प्रकाशवावु खनाल , चितवन ।
स्थानीय निर्वाचनको मिति नजिकिदै छ । आर्थिक तरलता तथा राजनैतिक तरलताका कारणले निर्वाचन आयोग द्वारा घोषित मितिमा निर्वाचन हुने हो या नहुने हो अझै जनतामा शंका छ । गठबन्धनको निर्णयले कुनपालिका आफ्नो भागमा पर्ने हो अझै टुङ्गो छैन । तै पनि आकांक्षीहरुले आफ्ना आकांक्षा राख्न थालेका छन् । कालीका नगर पालिकामा वडा नं १ का वडाध्यक्ष लिला बहादुर गुरुङले मेयरमा आफ्नो आकांक्षा राखेका छन् । हुन त कांग्रेसको तर्फबाट नै आधा दर्जन भन्दा बढीले मेयरको लागि आफ्नो आकांक्षा राखेका छन् । “मैले वडाध्यक्षमा निर्वाचित भएपछि जनताको सेवामा गरेको कामले नै जनता स्वयम्ले मेयरको लागि अघि बढ्न सुझव दिएका छन्” गुरुङ भन्छन् “ मैले वडालाई नमूना वडा बनाएको छु, जनता कार्यकर्ता मेरो पक्षमा छन् ।” हुन पनि कालीका १ मा कृषि , बाटो , र शिक्षामा आमुल परिवर्तन भएको स्वयम् वडावासीहरुको भनाई छ । वडामा भएका काम नै मुख्य आफूँले टिकट पाउने तथा जित्ने आधार रहेको उनको भनाई छ ।
को हुन् त गुरुङ ?
२०२६ सालमा जन्मिएका गुरुङ २०५१ सालबाट नै नेपाली कांग्रेसको कृयाशील सदस्य हुन् । उनको वडामा पहिले कांग्रेस एकदमै कमजोर थियो । दलीय निर्वाचनमा उमेद्वार पठाउन नै कांग्रेस पाउन नै मुश्किल जस्तै हुन्त्थ्यो तर गुरुङ कै नेतृत्वमा सबैलाई कांग्रेसमा प्रवेश गराएर गत स्थानीय निर्वाचनमा उनी निर्वाचित वडाध्यक्ष भए । हाल उनी कुशल संगठन कर्ताको रुपमा पनि स्थापित छन् । वडाध्यक्ष भए पछि उनले जनचाहना अनुसार काम पनि गरेका छन् ।उनले आफ्नो वडालाई नमूना कृषि पकेट क्षेत्र बनाए । आफ्नो कार्यकालमा १६ ओटा डिप बोरिङ खनाई सिँचाई गरी वेमौसमी खेती मार्फत किसानहरुको अयआर्जनमा बृद्धि गराए । निजी विद्यालय सरह नै समीपुर आधारभुत विद्यालयलाई बस, पुस्तकालय, पोषाक, खाजा , लगायत स्तरोन्नति गरी नमुना विद्यालय बनाए । गुरुङ समुदायको भए पनि उनी सबै जातजातिमा लोकप्रिय छन् । सबै जात जाति धर्मलाई समेटेर अघि बढ्न सक्ने क्षमता उनी सँग भएको स्थानीयहरु बताउँछन् । कुनै पार्टी नभनी निष्पक्ष भएर जनताको पक्षमा काम गर्ने शैली कै कारण उनी जनमनमा बस्न सफल भएको स्थानीयहको भनाई छ ।
राजनैतिक यात्रा
गुरुङ विद्यालय जीवनबाट नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका थिए । उनी नेपाली कांग्रेसको साविक जुटपानीको सचिव पनि थिए । संकाटकालको वेला उनले सर्वदलीय संयन्त्रमा कांग्रेसको तर्फबाट प्रतिनिधिन्व गर्थे । दुवै जनआन्दोलनमा सकृय सहभागिता जनाएका उनी गत १४ औ अधिवेशनमा नगर सभापतिको प्रत्याशी भई झिनो मतअन्तरले पछि परेका थिए । संस्थापन निकट मानिने उनी लविङ पोलिटिक्स् कै कारण अधिवेशनमा पछि परेको बताउँछन् ।
सामाजिक सम्बन्ध
गुरुङ सामाजिक अभियान्ताको रुपमा पनि परिचित छन् । उनले स्थानीय सक्षम युवा क्लबको लगातार ३० वर्ष सम्म अध्यक्ष चलाएका थिए । नेपाल स्काउटका जिल्ला सल्लहाकार रहेका उनी जुटपानी रेडक्रसका सभापति समेत हुन् । उनी कालीका जेसिजका मानार्थ सदस्य समेत हुन् । नेपाल विद्यालय फुटवल संघका जिल्ला सचिव तथा वैदेशिक रोजगार संघका केन्द्रीय सदस्य रहेका उनी सिद्धिविनायक आवासिय माविका संस्थापक तथा हाल अध्यक्ष समेत हुन् ।
लक्ष्य
कालीकामा वर्तमान स्थानीय सरकारले समयमा योजना तथा वजेट विनियोजन गर्न नसकेको , समान रुपले वडामा बजेट विनियोजन नगरेको कर्मचारी नियुक्तिमा राजनीतिकरण गरेको , आफ्ना निकटका संस्थाहरुलाई बजेट पारेको जस्ता आरोप लगाउँछन् । उनले विकाशको लागि कालीकाको अल्पकालीन तथा दीर्घकालीन खाका तयार पारेको बताउँछन् । शिक्षा र स्वस्थ्यलाई जनताको पहुँचमा पुर्याउने । फोहोर मैला तथा ढल व्यवस्थापनमा ध्यान दिने वैज्ञानिक कृषिमा जोड दिदै किसानहरुको आयआर्जनमा बृद्धि गर्ने प्राविधिक शिक्षालय मार्फत रोजगारीको श्रृजना गर्ने ,रिङरोडको व्यवस्थापन गर्ने , नगरवासीलाई गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने , सवैको भाषा, संस्कृति , कला धर्मको संरक्षणमा ध्यान दिने लगायतका उनका योजना रहेका छन् ।