चितवन जिल्लामा राप्रपा नेपाललाई चिन्न नसक्नु नेकपा एमालेको दुर्भाग्य

२०७८ चैत्र ३० गतेका दिन गठबन्धन गर्ने भनेर दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो र हस्ताक्षर भएलगत्तै नेकपा एमाले केन्द्रीय कार्यालयले र राप्रपा नेपालको केन्द्रिय कार्यालय दुबैले आ–आफ्नो प्रदेश कमिटी र जिल्ला कमिटीलाई जानकारी सहित पत्राचार गरेको थियो । सो पत्र अनुसार राप्रपा नेपाल चितवन जिल्ला नेकपा एमाले ठूलो दल भएको कारणले गर्दा राप्रपा नेपाल चितवनले एमालेसँग गठबन्धन भएको विषयमा छलफल गर्ने भनेर वार्ता समिति समेत बनाएको थियो र एमालेबाट पनि चार समितिसहित वार्ता टोली बनेको थियो र दुबै वार्ता टोली बसेर पहिलो चरणको वार्ता सकारात्मक भएको थियो र पहिलो वार्तामा चितवन जिल्लाको कुन कुन ठाउँमा राप्रपा नेपालको कुन कुन पदमा दाबी हो भन्ने विवरण नेकपा एमालेले माग गरेको थियो र त्यसपछि राप्रपा नेपाल चितवनले नेकपा एमालेको वार्ता समितिलाई एमाले पार्टी कार्यालयमा गएर दाबी विवरण बुझाएको थियो र नेकपा एमाले चितवनका तर्फबाट बनेको वार्ता समितिले १२ गते मनोनयनको अन्तिम दिनसम्म भएतापनि दुवै वार्ता समिति बसेर गठबन्धनको विषयमा टुङ्गो लगाउने भनेर नेकपा एमालेसँग वार्ता भएको थियो र राप्रपा नेपाल चितवनले १२ गते मनोनयन दर्ताको अन्तिम दिन पनि ११ बजे वार्ताको लागि गठबन्धनको विषयमा छलफलका लागि नेकपा एमाले पार्टी कार्यालयमा पुगेको थियो र वार्तामा बस्ने कुरा गर्दा नेकपा एमालेका नेतृत्वले हामी अहिले व्यस्त छौं, र अहिले तपाईहरुसँग कुनै सहकार्य हुँदैन भनेर नेकपा एमाले चितवनले राप्रपा नेपाललाई मनोनयनको अन्तिम दिनमा अन्तिम समयसम्ममा गएर एमालेले राप्रपासँग सहकार्य गरी राप्रपा नेपाललाई चितवनबाट सँधैका लागि सिध्याउन धोका र छलकपट गरेको र यसको परिणाम नेकपा एमालेले स्थानीय निर्वाचनपछिको परिणाम आएपछि एमालेले पछुताउनु बाहेक अर्को विकल्प नरहने र राप्रपा नेपाल चितवनलाई मनोनयनको मुखमा आएर घात गर्नु र राप्रपा नेपाललाई चिन्न नसक्नु र राप्रपा नेपालभन्दा राप्रपा ठूलो शक्ति हो भनेर सोच्नु नेकपा एमाले चितवनका लागि निर्वाचनपछि दूर्भाग्य सावित हुने राप्रपा नेपालका जिल्ला उपाध्यक्ष आशिष भट्टराईले बताए । भट्टराईले अन्तिम मनोनयनको अन्तिम दिनमा आएर नेकपा एमालेले धोका दिएता पनि राप्रपा नेपाल चितवनले कालिका नगरपालिका, भरतपुर महानगरपालिका, रत्ननगर र ईच्छाकामनामा मेयर उपमेयरमा र चितवनको एक महानगर, पाँच नगर, एक गाउँपालिका गरी जम्मा ९८ वार्ड रहेको चितवनमा राप्रपा नेपालले ५७ वडामा पनि उम्मेदवारी दिएको राप्रपा नेपालका जिल्ला उपाध्यक्ष भट्टराईले बताए ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.