अब मेरो अर्जुन दृष्टि काम र काम पछिको परिणाममा मात्र केन्द्रीत हुने छ ।

आगामी स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन दलहरुको साझा उमेद्वारको रुपमा रत्ननगरको मेयर पदमा नेपाली कांग्रेसका नगर सभापति प्रह्लाद सापकोटाले उमेद्वारी दिएका छन् । औपचारिक रुपमा गठबन्धन दलहरु बीच मेयर, उपमेयर र वडाहरुको भगबण्डामा सहमति भै सके पनि असन्तुष्ट समर्थक कार्यकर्ताहरुलाई सन्तुष्ट पार्ने समयका लागि सबै दलहरुले वडाध्यक्ष लगायत सदस्यहरुमा पनि उमेद्वारी दिएका छन् । तोकिएको समय भित्र नै सहमति अनुसार नै पार्टीले उमेद्वारी कायम राख्ने तथा फिर्ता लिने सहमति छ । निर्वाचन केन्द्रीत परिवेशमा नै रहेर पत्रकार प्रकाशवावु खनालले गठबन्धन दलबाट रत्ननगरको मेयर पदमा साझा उमेद्वार बनेका नेपाली कांग्रेसका नगर सभापति प्रह्लाद सापकोटा सँग गरिएको कुराकानी संक्षेपमा


१, प्रह्लाद जी गठबन्धनको तर्फबाट रत्ननगरको मेयर पदमा साझा उमेद्वार बन्नु भएकोमा यहाँलाई बधाई छ ।
धन्यवाद छ प्रकाश जी । मैले बधाई तथा शुभकामना लिने बेला भैसकेको छैन । म जनताको सेवामा समर्पित मान्छे हो , मेरो व्यक्तिगत ईच्छा चाहना रत्ननगरको भविश्य र नगरवासी सँग जोडिएको छ । मैले सोचे जस्तो समृद्ध रत्ननगर र सम्पन्न, सुखी नगरवासी जब बन्छन् त्यस पछि मात्रै बधाई र शुभकामना वास्तविक रुपमा ग्रहण गर्छु । रत्ननगरलाई देशकै नमूना सहर बनाउने नगरवासीको धोको अब पूरा हुन्छ ।म पैसा कमाउन राजनीतिमा आएको मान्छे होइन । सामान्य व्यपार बाट दैनिकी चलाएको छु । आवश्यकता अनुसार जनताको सेवामा हाजिर छु । अब मेरो अर्जुन दृष्टि काम र काम पछिको परिणममा मात्र हुने छ । हाललाई नगरवासी जनताको शुभेच्छा र आर्शिवाद भए पुग्छ जुन मैले पाई सकेको छु । नगरवासी जनताको भावनामा ठेस पुग्न दिने छैन , उच्च संमान गर्छु ।

२, रत्ननगरलाई समृद्ध नगर र सम्पन्न नगरवासी बनाउने लक्ष्य छ भन्नु भयो , कसरी बनाउँनु हुन्छ के छ तपाईँ सँग योजना ?
हामी सँग धेरै श्रोत साधन छन् । चुरे देखि महाभारत पर्वत सम्म नै झण्डै झण्डै रत्ननगर फैलिएको छ । यहाँ भएका जल सम्पदा , वन सम्पदा , पर्यटन , कृषि, घरेलु कुटिर उद्योगहरु, साना, ठुला , मझ्यौला उद्योगहरु , प्राविधिक शिक्षा, विदेशी दातृ निकायहरु , विदेशी शहरहरु सँग भातृ एवम् भगिनी सम्बन्ध विस्तार आदि मार्फत पर्यावरणीय मापदण्ड भित्र रहेर श्रोत साधनको परिचालन गरी पूँजी निर्माण गरी लक्ष्यमा पुग्ने मेरो योजना छ ।


३, गफमा त सबै कुरा जादुको छडी झै एकै मिनेटमा पूरा गर्नु भयो , काम गर्न पनि गफ गरे जस्तै सजिलो हुन्छ र ?
म सँग ठट्टा नगर्नोस् प्रकाश जी , म ठट्टा गर्ने मान्छे होइन , म अनावश्यक गफ पनि गर्दिन , म काम र काम पछिको परिणममा ध्यान दिने मान्छे हो । हामी सँग सबै कुरा छन् । विकाशको लागि सबै भन्दा पहिलो पूर्वाधार भनेको सडक र विजुली हो । रत्ननगरको सबलमा त्यो सजिलै उपलब्ध छ र गराउन सकिन्छ । बाँकी कुरा व्यवस्थापन हो । म साना साना कुराहरुलाई पनि महत्त्व दिदैँ यहाँ उभिएको व्यक्ति हो । सबै चिजहरुलाई कुशलताका साथ व्यवस्थापन गर्न सक्ने क्षमता छ , जुन कुरा तपाई आफैँ बुझ्नुस् सावित पनि भै सकेका छन् । म आफ्नो विज्ञापन आफैँ गर्दिन । नगरवासी आफैँ बोल्छन् ।

४, यी सवै कुरा गर्न पूँजीको व्यवस्था कसरी गर्नु हुन्छ, मुख्य पूर्वाधार पूँजीलाई नै छुटाउनु भयो ?
एउटै कुरा दोहोर्याएर नसोध्नु न प्रकाश जी , मैले अघि नै भनी सकेँ त हामी सँग भएका श्रोत साधनको पहिचान र परिचालन , राष्ट्रिय विनियोजित बजेट छ ,आन्तरिक राजस्व छ , विदेशी दातृ निकायहरु सँग सम्बन्ध विस्तार गर्छौ । हामी सँग भएको पूजीँ को कुशल व्यवस्थापन बाट नै थप पूँजीको निर्माण गर्न सकिन्छ ।

५, तपाई अहिले मेयरको उमेद्वार मात्रै हो नि प्रह्लाद जी ?
मैले मेयर बनी सकेँ भनेको छु र प्रकाश जी , तर हेर्दै जानोस् अब धेरै दिन बाँकी छैन । मलाई नगर प्रमुखमा निर्वाचित गर्न नगरवासी तयार छन् । मैले नगरवासीहरु कै सुझाव सहितको दवाव को कारणले उमेद्वारी दिएको हो । जनताको चाहनालाई कसैले रोक्न छेक्न सक्दैन । प्रतिगमनको विरुद्ध अग्रगामी दलहरुको गठबन्धनबाट साझा उमेद्वार बनेको छु । म नेपाली कांग्रेसको मात्र उमेद्वार होइन, अग्रगामी, न्यायप्रेमी , विकाशप्रेमी जनताहरुको प्रतिनिधित्व गर्ने गठबन्धन दलहरुको साझा उमेद्वार हो । औपचारिक घोषण हुन बाँकी छ । म नगर प्रमुखमा विजयी भै सकेँ भने पनि हुन्छ ।

६, गठबन्धनको कारणले तपाईकै पार्टी भित्र असन्तुष्टि देखिएको छ ।
काँहा देखियो असन्तुष्टि , तपाई झुटो प्रचार नगर्नु त पत्रकार बन्धु । गठबन्धनकै सहमति अनुसार मेयर उपमेयर र वडाहरुमा उमेद्वारी परेका छन् । कही बागी छैन रत्ननगरमा । एक आध वडामा साथीहरुको गुनासो छ । सबै राजनीति बुझेका अग्रज र विद्वान साथीहरु हुनुहुन्छ । गठबन्धन लिनको लागि मात्र होइन सबै तिर मिलाउनु पर्यो । सबै कांग्रेस एक भएर यस निर्वाचनलाई इतिहास रच्ने पर्वको रुपमा मनाउन सबै तयार छन् । केही असन्तुष्टि हुनु स्वभाविक हो । त्यो क्षणिक हो । साथीहरु सँग छलफल भैरहेको छ । सबै कुलडाउन हुँदै जानु भएको छ । गठबन्धनको भावना अनुसार एक हुनु पर्छ भनेर साथीहरुले भन्न थाली सक्नु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता कडा स्कूलीङबाट आएका छन् पार्टीको निर्णयबाट कोही पछि हट्दैन र हट्नु हुन्न पनि ।

७, टिकट तपाईले ल्याउनु भयो , पार्टी भित्रैको आकांक्षी साथीहरुको मन दुखेको होला नि ?
प्रकाश जी तपाईको प्रश्न आंशिक सत्य र आंशिक असत्य छ , हाम्रै पार्टीमा पनि आकांक्षी साथीहरु अरु पनि हुनु हुन्थ्यो यो सत्य हो तर मैले टिकट ल्याउदा अरु साथीहरुको मन दुखेको असत्य हो । सबै आकांक्षी साथीहरु राजनीतिमा म भन्दा अग्रज हुनुहुन्छ । विद्वान हुनुहुन्छ । सबै आकांक्षीहरु मेरो राजनैतिक अभिभावक हुनुहुन्छ । आम कार्यकर्ता, समर्थक , शुभचिन्तक नेतागणको साथ सहयोग र प्रयास बाट उहाँहरुले नै मलाई यहाँ सम्म ल्याईदिनु भएको हो । सबै साथीहरुको त्याग र योगदानलाई हार्दिक नमन गर्छु , उच्च संमान गर्छु । टिकट पाउने एउटाले हो , प्रयास सबैले गरियो । अहिले सबै साथीहरु गठबन्धनको उमेद्वारलाई जिताउन तयार हुनुहुन्छ ।

८, अन्त्यमा केही भन्नु छ कि ?

जे भयो जनता कै चाहना अनुसार भयो, जे हुँदै छ जनताको चाहना अनुसार हुँदै छ , म विश्वाश दिलाउन चाहन्छु अब जे हुन्छ जनता कै चाहना अनुसार हुन्छ । नगरवासीको मनमा उमंग आउने दिन , रत्ननगरको मुहार फेरिने दिन अब टाढा छैन । म हिजो पनि नगरवासीकै सेवामा छु, आज पनि छु ,भोलि पनि रहने छु ,गठबनधनको भावना बुझिदिन सबै नगरवासी मतदाता नेता कार्यकर्तालाई अनुरोध गर्दै सम्पूर्ण नगरवासी मा हार्दिक नमन व्यक्त गर्न चाहन्छु ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.