रत्ननगर १४ का वडाध्यक्षका स्वतन्त्रका उमेद्वार विश्वदर्शन ढुङ्गनाले आफ्नो समर्थन नेपाली कांग्रेसका वडाध्यक्षका उमेद्वार होमनाथ रामाभाटलाई दिएका छन् । सत्ता गठबन्धनको बाँडफाँडमा यस वडा अन्य दललाई परे पछि कांग्रेसी जनताको भावनाको सम्बोध गर्न भन्दै विश्वदर्शनले वडाध्यक्षमा स्वतन्त्रवाट उमेद्वारी दिएका थिए । पार्टीले गर्ने कारवाही भन्दा आत्माको आवाजलाई प्राथमिकता दिएर जनताको भावनाको कदर गर्न उमेद्वारी दिएको बताएका उनले गठबन्धनका दलहरुले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरे सँगै उनले शुक्रवार वेलुकी एक विज्ञप्ति जारी गर्दै आफ्नो उमेद्वारी खारेज भएको घोषणा गर्दै नेपाली कांग्रेसका उमेद्वार होमनाथ रानाभाटलाई समर्थन गरेका हुन् । विश्वदर्शन नेपाली कांग्रेसका पुराना नेता तथा १४ महाधिवेसनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पनि हुन् ।