अव स्थानीय निर्वाचन आउन १५ दिन भन्दा पनि कम समय छ । अन्य कुराहरुलाई यथावत राख्ने हो भने अब बैशाख ३० गते स्थनीय निर्वाचन हुने निश्चित छ । गठबन्धनको कारणको कारणले दलहरु उत्साहित पनि छन् भने निरास पनि छन् । गठबन्धनको तर्फबाट चितवन रत्ननगरको भागमा नेपाली कांग्रेसका नगर सभापति प्रह्लाद सापकोठा साझा नगर प्रमुख पदमा उमेद्वार हुन् । गत स्थानीय निर्वाचनको मत परिणामलाई विश्लेषण गर्ने हो भने गठबन्धन दलबाट उमेद्वारी दिएका नेपाली कांग्रेसका साझा उमेद्वार प्रह्लाद सापकोटाको विजय निश्चित छ । त्यो पनि भारि मतान्तरले । प्रस्तुत छ , निर्वाचन केन्द्रीत विषयमा रहेर पत्रकार प्रकाशवावु खनालले मेयरका उमेद्वार प्रह्लाद सापकोटा सँग कुराकानी गरी तयार पारिएको सम्पादित अंश ।
१, प्रह्लाद जी निर्वाचनको दौड धूप कस्तो छ ?
ठीकै छ , हजुरले भने जस्तो दौडधूप छैन । नेता, कार्यकर्ता तथा नगरवासी जनता सँग भेटघाटको क्रम जारी छ । पहिलाको जस्तै हो । म हिलो पनि जनताकै घर दैलोमा नियमित रुपमा जान्थेँ , आज पनि गएको छु , भोलि पनि जाने छु , भोट माग्न कै लागि निर्वाचन केन्द्रीत दौडधूप होइन यो । हरेक सुखदुखमा म जनता सँगै छु । म जनता कै सेवक हुँ , जनता कै सेवामा हरक्षण हाजिर छु ।
२, भेटघाटको क्रम जारी छ भन्नु भयो, जनता बाट कस्तो प्रतिकृया पाउनु भएको छ ?
मैले भन्नु भन्दा पनि प्रह्लाद सापकोटाको विषयमा जनताको प्रतिकृया के छ भनेर तपाईहरु जस्ता सञ्चार कर्मीले सर्वेक्षण गर्दा राम्रो हुन्छ । म जनताको मन्छे हुँ , मैले मेरो व्यक्तिगत चाहना र जीवनलाई कहिल्यै महत्त्व दिइन । यो लुकेको कुरा होइन म एउटा व्यवसायी पनि हुँ । व्यवसायबाट प्राप्त हुने नाफघाटा आफ्नो ठाउँमा छ तर मैले थाहा पाए सम्म कुनै जनतालाई निरास पारेको छैन, खाली हात पठाएको छैन । सम्भव भए सम्म समस्यामा परेकालाई सहयोग गरेको छु , आवश्यक संघसंस्थामा सहयोग गरेको छु । आर्थिक अवस्था कमजोर भएकालाई , अपाङ्गलाई , विरामीलाई जेहेन्दार विद्यार्थीलाई , अस्पतालका विरामीहरुलाई , खेलाडीहरुलाई ,मठमन्दिरलाई सबै ठाँउमा आर्थिक , नैतिक सहयोग गरेको छु । जनताका पीडा र समस्यालाई आफ्नै ठानेर काम गरेको छु , त्यसैले नगरवासीको समर्थन र आशिर्वाद पाएको छु ।
३, तपाईँले चुनाव जिल्ने आधार के के हुन् त ?
मैले चुनाव जिल्ने आधार खोज्नु पर्ने अवश्था नै छैन प्रकाश जी । जनताको सेवक नै जनताको आफ्नो मान्छे हो । प्राविधिक रुपमा म अहिले गठबन्धन दलहरुको साझा मेयरको उमेद्वार हो तर व्यवहारिक रुपमा म समग्र नगरवासीको साझा उमेद्वार हो । म पार्टीको जिम्मेवार व्यक्ति भएको कारणले पार्टीगत सभा सम्मेलन पार्टीगत कार्यक्रमहरुमा नेपाली कांग्रेसको प्रतिनिधि भएँ तर तपाईँले जनता सँग बुझ्न सक्नु हुन्छ समाजिक काममा, विकास निर्माणका काममा , सामाजिक सहयोगमा , न्यायको पक्षमा सधैँ जनताको मान्छे भएर काम गरेँ । मलाई नेपाली कांग्रेसको नेता भन्दा पनि सामाजिक अभियान्ता कै रुपमा जनताले राम्रै सँग चिन्छन् । रत्ननगर र नगरवासीको भविश्यको लागि यस पटक मेयरमा प्रह्लाद सापकोटाको विकल्प अरु हुनै सक्दैन भनेर स्वयम् नगरवासी मतदाताहरुले नै भनिरहनु भएको छ । सामाजिक काममा मेरो सकृयता र यो जनभावना म नगर सभापति भए पछि नेपाली कांग्रेसमा प्रवेश गर्ने नगरवासीहरुको जनलहर । जनताले खोजेको जस्तो नगर प्रमुख म नै हुँ प्रकाश जी ।
४, चुनाव जिते पछि रत्ननगरलाई कस्तो बनाउँनु हुन्छ त ?
रत्ननगरलाई रत्ननगर जस्तै बनाउँने हो । कुनै पनि योजनाहरुमा भ्रष्टचार गर्दिन र गर्न पन दिन्न । मैले एक्लैले बनाउँछु पनि भन्दिन , सबै नगरवासी जनता मिलेर बनाउँने हो , सबै कुरामा म निपूर्ण नहुन सक्छु तर रत्ननगरमा धेरै विद्वान , शिक्षित योग्य व्यक्तिहरु हुनुहुन्छ । विश्व बैँकमा नाम कमाएका विद्वानहरु जसले योजना आयोगमा काम गरी सक्नु भएको छ । त्यस्ता विद्वानहरु रत्ननगर कै हुनुहुन्छ । अरु धेरै जानकार विद्वानहरु हुनुहुन्छ सबै सँग राय सल्लाह लिएर अगाडि बढ्छु । बेरोजगार राष्ट्रिय समस्या हो तर मेरो मुख्य लक्ष्य भनेको रोजगारीको लागि विदेश जानु नपर्ने यहि रोजगारीको व्यवस्था गर्ने र आगामी
५ वर्ष भित्र घर घरमा गएर तथ्यङ्क संकलन गरी रोजगारीका लागि विदेशिनु भएका दाजुभाई दिदी बहिनीलाई यही रोजगारीको व्यवस्था गरी स्वदेश फर्कने व्यवस्था मिलाउने तर्फ अगाडि बड्छु । पानी , विजुली , स्वस्थ्य , शिक्षा ,रोजगार , विमा, गास, बास, कपास जस्ता आधारभूत आवश्यकतामा जोड दिइने छ , अव्यवस्थित सुकुम्वासी वस्तीलाई व्यवस्थित बनाइने छ । आवश्यकता अनुसार विद्यार्थीहरुलाई इन्टरनेट , कम्प्युटर सामुदायिक विद्यालयहरुमा जीवनोपयोगी प्राविधिक शिक्षाको व्यवस्था गरिने छ । किसानहरुको लागि सहज रुपमा मल विउ , बजार र सिँचाईको राम्रो प्रबन्ध गरिने छ । खगेरी खोला , बुढी कुला ,कयर खोला , लौरी घोल रापती लाई व्यवस्थित र तटबन्धन सहित छेउ छेउबाट हरियाली सहितको मार्गहरुको निर्माण गरिने छ । हाल टाँडी चोक देखि उत्तर दक्षिण तिरको मार्गहरुमा भिडभाडको समस्या छ सवारी साधन अनुसार कयरखोला लौरी घोल, बुढी कुलो र खगेरी खोलालाई व्यवस्थि गर्दै छेउ छेउबाटम मार्गहरु खोलिने छन् । लौरीघोल जस्ता जलाधार भएका सिमसार क्षेत्रहरुलाई पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकाश गरिने छ । सफा , सुन्दर , शान्त , समृद्ध र न्यायको शहर बनाइने छ । यी सबैको लागि राष्ट्रिय विनियोजित बजेट, आन्तरिक राजस्व , दातृनिकायहरु सँग समन्वय गरिने छ । टोल टोलमा गुनासा पेटिका राखिने छ । विशेष महिलाहरुका लागि संम्मानित र हरेक नागरिकका लागि सुरक्षित अपाङ्गमैत्री नगरको निर्माण गरिने छ ।
५, चलचित्रमा त यति सजिलै , छिट्टै सम्पन्न नहुने कुरा व्यवहारमा कसरी पूरा हुन्छ ?
सबै कुरा इच्छा शक्तिमा भर पर्ने कुरा प्रकाश जी , चितवन कै पुरानो रत्ननगर नगर पालिका विकाशका दृष्टिले अरु नगर पालिका भन्दा कति पछाडि छ आफै हेर्नुस् न । टाँडी बजारको कुरा गर्नुस कति अव्यवस्थित छ , चैत बैशाखमा धुलाम्य र असार साउनमा हिलाम्य अवस्था छ , फुटेका ढलहरुको दुर्गन्ध हेर्ननुस् , सडकबोर्ड भित्रको आकेशे पुल हेर्नुस् , किसानले अनुदानमा पाएका सामान बजार मुल्य भन्दा बढी तिर्नु पर्ने यी सबै इच्छा शक्तिका कमीले हुन नसकेका हुन् । हामी सँग भएका श्रोत साधनलाई समुचित परिचालन र व्यवस्थापन मात्र गर्न इच्छा शक्ति भए पुग्छ , सबै कुरा सजिलै सम्पनन्न गर्न सकिन्छ । म सँग इच्छा शक्ति छ ।
६, एक कार्यकाल उपमेयर भएर काम गरिसकेकी विमला देवी दुवाडी नेकपा एमाले बाट मेयर कै प्रतिस्प्रधि हुनुहुन्छ , तपाईलाई चुनाव जित्न कत्तिको सहज छ ?
उहाँ उपमेयर भएको व्यक्ति हो प्रकाश जी काम गरेको नभन्नु न । के काम गर्नु भो त नि , रत्ननगरमा के भयो उल्लेख्य विकाश ? के काम गर्नु भयो र फेरि भोट दिन भन्दा उहाँहरु सँग कुनै जबाफ छैन । रत्ननगर जस्ताको तस्तै छ । जनताले हेरेका छन् , देखेका छन् , तलब भत्ता खाने बाहेक के भयो काम शीमित उहाँहरुको कार्यकतालाई फाइदा भयो होला । के पाए नगरवासीले ? कार्यकर्तालाई संरक्षण गर्ने काम भयो , आफ्ना नजीकका संस्थालाई खोजी खोजी बजेट बिनियोजन गर्ने काम भयो उहाँहरुले समग्र नगरको अभिभावकत्व निर्वाह गर्न सक्नु भएन । म व्यक्तिगत रुपमा जनताको घरदैलोमा पुगेको छु, जनताका घाउहरुमा मलम लगाएको छु । अब उहाँहरुको ढाँटछल चल्दैन, जनता सचेत भै सकेका छन् । म र मेरो नेतृत्वको सबै टिमलाई जिताउन जनता तयार छन् । मेयरका प्रत्याशी धेरै हुनुहुन्छ । तर मेरो प्रतिस्प्रधि कोही छैन । यो विषयमा जनता सबै ढुक्क छन् ।
७, अन्त्यमा केही भन्नु छ नगरवासीलाई ?
म नगरवासी सँगै छु , चुनावमुखी घरदैलोको आवश्यकता छैन मलाई तै पनि भेटघाट गरेकै छु , नगरवासी जनताले नै प्रह्लाद भाइ आइदिनु भन्नुहुन्छ , यस पटक तपाईलाई भोट हाल्ने हो भन्नु हुन्छ , आशिर्वाद दिनुहुन्छ सबै नगरवासीलाई भेट्नेक्रममा छु । आशिर्वाद लिने क्रममा छु । भ्रष्टचार , कमिसन र बेतिथिको गन्धले नगर गनाएको छ । म नगरवासीलाई विश्वस्त पार्न चाहन्छु म भ्रष्ट्रचार गर्दिन र गर्न पनि दिन्न । जनता कै सल्लाह र सुझव अनुसार अघि बद्ने छु , यो मेरो बाचा भयो ।