कपाल फुलेकी आमा भन्नुहुन्छः प्रह्लादले जितोस् मेरो आशिर्वाद छ ।


चितवन
रत्ननगरबाट गठबन्धनका साझा मेयरका उमेद्वार प्रह्लाद सापकोटाले कांग्रेसको जनलहरले विपक्षीहरु अतालिन थालेको बताएका छन् । शनिवार वेलुकी रत्ननगर ११ को घरदैलो अभियान कार्यक्रममा सापकोटाले निर्वाचन गठबन्धनले जिल्ने कुरामा कुनै दुविधा नभएको बताएका हुन् । सबै तिर कांग्रेस कै लहर छ । जनताको हक अधिकारका लागि कांग्रेसले ठुलो संघर्ष गरेको छ । जनताको बलिदानी बाट प्राप्त भएको लोकतन्त्रलाई सिध्याउन खोज्ने प्रतिगामीहरुलाई यस पटकको निर्वाचनमा दण्ड दिन जनता तयार रहेको उनले बताए । “विपक्षीका साथीहरु अतालिनु भएको छ , डराउनु भएको छ , चिन्ता गर्नु पर्दैन” सापकोटाले भने “ चुनव जिते पछि म कांग्रेसको मात्र मेयर होेइन , सबै जनताको सबै दलको साझा मेयर बनेर काम गर्ने छु ।” बोल्ने क्रममा उनले अझ थपे “ म तपाईहरुले जस्तो आफ्नो आर्को भन्दिन , नगरपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउदिन , कसैलाई निषेध गर्दिन , सबैको राय सल्लाह र सुझावको संम्मान गर्छु । उनले बोल्दै गर्दा कार्यकर्ता , समर्थकदीर्घा बाट तालीको गड्गडाहट अएको थियो । उनको भनाईमा समर्थन गर्दै कार्यकर्ताहरु नेपाली कांग्रेस जिन्दाबाद , प्रह्लाद सापकोटा जिन्दावाद भन्दै नारा लगाइ रहेका थिए । जुलुसको अलि पर लक्ष्मीदेवी नाम बताउने करिव ८० वर्षकी आमा आफ्नो समवयी सँग कुरा गर्दै हुनुहुन्थ्यो । चारतारे झण्डा छ कांग्रेसको जुलुस रै छ । कालिका अनलाइनका सम्वाददाताले बुढी आमा सँग कांग्रेस के हो र आमा भन्दै कुराकानी गर्दा अनुहार हसिलो बनाउँदै उहाँले भन्नु भयो ,कांग्रेस त जनताको पार्टी हो , राणा फाल्ने पार्टी हो, पञ्चायत फाल्ने पार्टी हो , विपीले सबै तिर स्कुल खोल्ने नीति ल्याए , स्कुल खुल्यो मैले दुई भाइ छोरालाई पढाएर मास्टर बनाएँ । उनको बोली नसकिदै हरिमाया नाम बताउँने अर्की आमाले कुरा थप्नु भयो रुख चिन्हमा प्रह्लाद उठेका छन् रे ,विष्णु भक्त प्रह्लाद जस्तै असल छन् रे, छोरा बुहारीले पहिला जता हाले पनि यस पटक प्रह्लादलाई भोट हाल्नु पर्छ भनेका छन् । “दीन दुखी बुढाबुडीको सेवा गर्न, मठ मन्दिरमा दान चन्दा दिन फराकिलो छाती बनाउँछन् भन्ने सुन्छु चिनेको त छैन” बुढी आमाले भन्नु भयो “ मैले नचिने पनि प्रह्लादले जितोस् मेरो आशिर्वाद छ ।।”

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.