धर्मनीति अनुसार काम गर्छु, वडालाई नमूना वनाउँछुः दण्डपाणी लामिछाने ।

चितवन, रत्ननगर
आउँदो बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन कार्यलयले उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । तर पाँच दलीय गठबन्धन दलहरु वीच वडा तहमा भएको भनिएको सहमतिको कार्यकर्ता तहमा खुलेर बिरोध निस्कन थालिसकेको छ । रत्ननगर १५ का उमेद्वारहरु तथा समितिले अव अन्तिम नामावली प्रकाशन भैसके पछि पछि नहट्ने भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय समेत गरिसकेको छन् । मतदाता सँग मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रताका साथमा अगाडि बढाइरहेका छन् । निर्वाचन केन्द्रीत विषयमा पत्रकार प्रकाशवावु खनालले नेपाली कांग्रेसका वडाध्यक्षका उमेद्वार दण्डपाणी लामिछाने सँग कुराकानी गरी तयार परिएको , प्रस्तुत छ सम्पादित अंश ।।
१, दण्डपाणी जी कस्तो छ चुनावी माहोल ?
चुनावी माहोल एकदमै उत्साहजनक रुपमा अगाडि बढिरहेको छ । कार्यकता साथीहरु उच्चमनोवलका साथमा खटिनु भएको छ । वडा भरि मात्र होइन नगर भरि देशै भरि कांग्रेसकै लहर छ ।हाम्रो वडाको घरदैलो कार्यक्रम पनि अन्तिम चरणमा छ ।
२, के भनेका छन् त वडावासीले ?
सवै मतदाता वडावासी जनताहरु नेपाली कांग्रेसलाई जिताउन तयार छन् । जनता सबैलाई सकारात्मक पाएका छौ । लगातार ३० वर्ष सम्म अरुलाई हेरियो केही विकाश हुन सकेन , यस पटक नेपाली कांग्रेसलाई जिताउने हो भन्ने जनआवाज छ । मैेले नितृत्व गरेका सबै संस्थाहरु सफल छन् । म विकाशका लागि अनुभवी व्यक्ति पनि हो पार्टी प्रमुखको हैसियतले मैले शिक्षाको क्षेत्रमा , स्वास्थ्यको क्षेत्रमा , सिँचाईको क्षेत्रमा धेरै राम्रा काम गरेको छु । जनताले जस दिनु भएको छ , आशिर्वाद दिनु भएको छ ।यस पटक भोट हाल्न योग्य व्यक्ति पायौँ भन्नु भएको छ ।
३,वडा नं १५ त गठबन्धन दलमा अरुकै भागमा छ , त्यहि अनुरुप पार्टीवाट परिपत्र आउला , अनि के गर्नु हुन्छ नि ?
पर्टीले समयमा निर्णय गरेको भए , कार्यकर्ता भएको हैसियतले मान्नु पथ्र्यो तर अब समय बिती सक्यो । एक जना दुई जना नेता कार्यकर्ताको मात्र कुरा होइन । सारा जनता जोडिएका छन् । चुनाव चिन्ह र उमेद्वारहरुले आधिकारिकता पाई सके ,जनतालाई भोट हाल्न कस्ले रोक्न सक्छ अब । नगरका मेयर र उपमेयरमा गठबन्धन भएको छ ,त्यसै अनुरुप अब लोकतान्त्रिक विधिलाई आत्मसात गर्दै मित्रवत प्रतिस्पर्धा गर्नुको विकल्प रहेन । हामीले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय पनि गरिसकेका छौ । अव पछि फर्कके कुनै ठाँउ छैन ।
४, विगतमा पनि तपाईको वडामा कांग्रेसले हारेको हो , यस पटक कस्तो नतिजा आउला ?
हो विगत ३० वर्ष देखि हाम्रो पार्टीले नेतृत्व गर्न पाएका छैनौँ । सबै जनताले देखेको कुरा हो धेरै बेथिति भए । सरकारी श्रोतसाधनको दुरुपयोग भयो । वडा कार्यलय सबैको साझा हुन सकेन , आफन्तलाई मात्रै पालित पोषित गर्ने काम भयो । प्रधानमन्त्री रोजगार कोषमा आएको रकम एकजनाले गर्न सक्नेमा ५ जना ६ जना को लागि भनेर खर्च गरियो । आफ्ना नजीकका संस्था र व्यक्तिलाई मात्र हुनेगरी बजेट विनियोजन गरियो । भ्रष्ट्रचारको गन्धले वडा दुर्गन्धित बनेकोले जनता सबै वाक्क छन् । विकाशको नाममा एउटा सिन्को भाच्ने काम भएन । त्यसैले जनता सबै रुष्ट छन् । अनि हाम्रो टिममा सबै जना योग्य र क्षमतावान व्यक्तिहरु छन् । शिव प्रसाद तिवारी, केदारमान वाइवा , सर्मिला लामिछाने , लक्ष्मी विक । सबै एकसे एक हुनुहुन्छ । वैद्धिक र कार्यसम्पादन कुशलतामा निपूर्ण छन् । फेरि जनताले परिवतर्न पनि चाहेका छन् । देशमा सबै परिवर्तनको नेतृत्व गरेको पार्टी जनताको पार्टी नेपाली कांग्रेस नै हो । कांग्रेसलाई नै मतदान गर्नु पर्छ भनेर जनताहरु तयार भएर बस्नु भएको छ ।त्यसैले हाम्रो जित निश्चित छ ।


५, के छ तपाईको लक्ष्य , निर्वाचन जितेपछि के गर्नु हुन्छ ?
गर्नु पर्ने काम धेरै छन् । सबै भन्दा पहिला म भ्रष्टचार पनि गर्दिन र गर्न पनि दिन्न ।हाम्रो समुहले नै भ्रष्ट्रचार नगर्ने कसम खाएका छौ । म आध्यात्मिक मान्छे हो । धर्ममा विश्वाश गर्छु , धर्मनीति अनुसार कुनै पनि प्रकारको पाप अपराध गर्दिन । विशुद्ध रुपमा जनताको सेवक भएर काम गर्छु । म राजनीति कर्मी सगै समाजिक कार्यकर्ता पनि हो । १ वर्षे र ५ वर्षे गरेर योजना बनाउँछु । यो आलु पकेट क्षेत्र हो एउटा कोल्डस्टोरको व्यवस्था गर्छु , हिउँदे सिचाईको व्यवस्था गर्छु । वृद्धवृद्धाहरुलाई तीर्थ यात्राको व्यवस्था गर्छु । सवै जातजातिको कला धर्म संस्कृतिको संरक्षणमा जोड दिन्छु । किसानहरुको आयआर्जनमा वृद्धि गरी किसानको संरक्षणमा ध्यान दिन्छु । प्राविधिक शिक्षा , तालिम मार्फत बेरोजगारको लागि रोजगारीको श्रृजना गर्छु । सर्वजनिक जग्गाको संरक्षण गर्छु । जनता कै सल्लाह र सुझव अनुसार अगाडि बढ्छु ।
६, अन्त्यमा जनतालई भन्नु पर्ने केही छन् कि ?
म सधैँ जनता सँगै छु । जनता कै सुखदुखको साथी हो म । मलाई जनताले राम्रो सँग चिनेका छन् ।म समग्र वडावासी जनतालाई वडाको भविश्यको लागि आफ्ना बाबुनानीको भविश्यको लागि , आफ्नै भविश्यको लागि नेपाली कांग्रेसका उमेद्वारहरुलाई विजय गराउन अनुरोध गर्न चाहन्छु । म मेरो हरेक कार्यमा पाप र धर्मको ख्याल राख्छु । सधैँ न्यायको पक्षमा उभिन्छु ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.