चितवन
प्रकाशवावु खनाल
रत्ननगर १ को बकुलहरमा रोलर स्केट पार्क सञ्चालनमा आएको छ । पहिले ज्योति हल रहेको स्थानमा सेभ सुपरमार्केटको दोस्रो तल्लामा पार्क संञ्चलनमा आएको हो । चितवनलाई खेलकुदको थलोको रुपमा समेत विकाश गर्न पार्क संञ्चलनमा ल्याइएको संञ्चलकले बताएका छन् । विशेस गरी युवा युवतीहरुमा यस खेलको चाह बढी पाइन्छ ।
यस खेल अलि खतरा जनक भए पनि प्रशिक्षकको पनि व्यवस्था गरिएको छ । प्रति घण्टा रु. २०० लाग्ने उक्त खेलमा जुत्ता, हेलमेट लगायतका आवश्यक सुरक्षाका सामाग्रीहरु समेत यसै शुल्कमा उपलब्ध गराइन्छ । पोखरामा यस किसिमको व्यवसाय सफल सिद्ध भए पछि रत्ननगरमा पनि सुरु गरिएको संञ्चालक कृष्ण प्रसाद ढकालले जानकारी दिनु भयो । खेलाडीहरुको लागि दुर्घटनामा उपचारको लागि रु. तीन लाख सम्म र भवितव्यमा रु.पाँच लाख सम्मको बिमा पनि गरिएको छ ।
शारीरिक कसरतका हिसाबले यस खेललाई जमिनमा खिलिने पौडी सरह मान्न सकिने सञ्चालक ढकालले बताउनु भयो । पर्यटकीय नगरी सौराह नजीकै संञ्चालनमा ल्याउदा आन्तरिक तथा बाह्य पर्याटकहरुको समेत आकर्षण बढ्ने विश्वास ढकालले गर्नु भएको छ । करिव ६२०० वर्ग फिटमा रहेको क्षेत्रफलमा थ्री डी म्युजियम समेत रहेको छ । पार्क करिव असी लाखको लगानीमा सुरु गरिएको उक्त पार्क असार २३ गते बाट औपचारिक रुपमा संञ्चलनमा आउने संञ्चालक ढकालले जानकारी दिनु भयो ।