चितवन, रत्ननगर
चितवन कै अग्रणीय शैक्षिक धरोहरको रुपमा परिचित स्काईराइडर आवासीय माध्यमिक विद्यालय रत्ननगर १३ को कक्षा ११ को लागि सीमित सिटमा भर्ना खुलेको छ । भर्नाको लागि यही साउन १२ गते बाट प्रवेश परीक्षाको लागि फारम वितरण भैरहेको विद्यालयले जानकारी गराएको छ ।
विगतका वर्षहरुमा एस.एल.सी. तथा एस.इ.इ. परीक्षामा जिल्लामा मात्र होइन समग्र देशव्यापी रुपमा नै शैक्षिक गुणस्तरको लागि स्काइराइडर अग्रपङ्तीमा आएको विद्यालय हो । हाल एस.इ.इ.मा मात्र होइन कक्षा ११ र कक्षा १२ को परीक्षाफलमा समेत उच्च अंक सहित विद्यार्थीहरुलाई उर्तीण गराउन सफल भएपछि स्काइराइडर उच्चमावि पठन पाठनको लागि अभिभावक विद्यार्थीहरुका लागि उत्कृष्ट गन्तव्य बनेको छ । स्काइराइडर बाट उत्पादन भएका विद्यार्थीहरु विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाली डाक्टर , इन्जिनियर बन्न सफल भएका छन् ।
यस वर्ष पनि एस.इ.इ. उर्तीण विद्यार्थीहरुको लागि शैक्षिक सत्र २०७९÷२०८० का लागि कक्षा ११ मा विशुद्ध विज्ञान, व्यवस्थापन , मानवीकि , होटल व्यवस्थापन , कम्प्युटर लगायतका संकायहरुमा भर्नाका लागि फारम वितरण भै रहेको प्राचार्य मदन पुरीले बताउनु भयो । उहाँले विज्ञान तर्फ प्रवेश परीक्षा यहि साउन १८ गते बुधवार विहान ८ बजे र व्यवस्थापन मानविकी तर्फ यही साउन २० गते शुक्रवार विहान ८ बजे हुने जानकारी दिनु भयो ।
उच्च अंक ल्याउने गरीव तथा जेहन्दार विद्यार्थीहरुका लागि विद्यालय व्यवस्थापनले छात्रवृत्तिको समेत व्यवस्था गरेको प्राचार्य पुरीले बताउनु भयो । विस्तृत जानकारीको लागि विद्यालय प्रशाशनमा सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नु भएको छ ।