अपडेट : नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

१८ साउन, काठमाडौं चितवनको भरतपुर महानगरपालिका२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको

आज बिहान साढे बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढमुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको

वर्षाका कारण नारायणगढमुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति बजेतिर बाटो खुलाइएको थियो तर आज बिहान साढे बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो लामो समय जाममा पर्दा यात्रुहरु मर्कामा परेका छन् खासगरी बालबालिका, ज्येष्ठ नागरिक विरामीहरु समस्यामा छन्

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.