भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ, मंसिर २५ । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका- ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।

उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.