बाह्रौ राष्ट्रिय जनगणनाको प्रारम्भीक तथ्याङ्ग आउन अझै २ महिना लाग्ने

बाह्रौं राष्ट्रिय जनगणनाको प्रारम्भीक तथ्याङ्ग आउन अझै २ महिना लाग्ने भएको छ । जिल्ला जिल्लामा सङ्कलन गरिएको तथ्याङ्ग अहिले केन्द्रीय तथ्याङ्ग विभागसम्म आइपुगेको विभागले जनाएको छ । विभागले अहिले तथ्याङ्ग अद्यावधीक गर्नका लागि कर्मचारी भर्ना प्रक्रिया पुरा गरेको र कर्मचारी भर्ना गरिसकेपछी अद्यावधीको काम सुरु हुने विभागका सुचना अधिकारी तिर्थराज चौलागाईले जानकारी दिनुभयो । जनगणनाको पूर्ण नतिजा आउन अझै ६ महिना लाग्ने समेत विभागले जनाएको छ । सरकारले गएको कार्तिक २५ देखि मंसिर ९ गतेसम्म बाहै राष्ट्रिय जनगणना गरेको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.