प्रकाशबाबु खनाल, चितवन
नेपाली कांग्रेस खैरहनी नगर समितिले शनिवार एक अन्तरक्रृया कार्यक्रम सम्पन्न गरेको छ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो । स्थानीय निर्वाचन तयारी विषयक प्रशिक्षण एवम् अन्तरक्रृयात्मक कार्यक्रममा वागमती प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटी , प्रदेश कमिटी,नगर कमिटी ,वडा सभपतीहरु, महाधिवेशन प्रतिनिधी तथा महासमिति सदस्यहरु, नगर क्षेत्र भित्र रहेका पाटीका विभिन्न तहका स्थनीय तह देखि केन्द्र सम्मका व्यक्तिहरुको सहभागिता रहेको थियो । घरघर जाऊँ कांग्रेस जिताऔँ मूल नारालाई सार्थकता दिन कार्यक्रम केन्द्रीत थियो ।
मतदाताको घरघरमा गई नेपाली कांग्रेसले अख्तियार गरेका राष्टिय तथा स्थनीय मुद्दाहरु लगाएतका विषयहरुमा जनतालाई सुसूचित गर्ने , कांग्रेस र जनताका बीचमा कसरी सम्बन्ध मजबुद बनाउने, मतदाता शिक्षा लगाएतका विषयहरु अन्तरक्रृयामा आएका थिए , आन्तरिक अधिवेशनको मनमुटावहरुलाई सङ्लो बनाउदै सहकार्य र एकताका साथ अगाडी बड्दै संगठनलाई कसरी बजबुद बनाउने भन्ने विषयमा प्रशिक्षण समेत दिइएको थियो । गत २०७४ सालको स्थानीय निर्वाचनमा खैरहनी नगरपालिकाको १३ ओटा वडा मध्ये ६ ओटा वडामा मात्र कांग्रेस निर्वाचित भएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री तथा महाधिवेसन प्रतिनिधी तथा महासमिति सदस्य सावित्री बोगटी, पूर्व भिसी तथा महाधिवेसन प्रतिनिधी तीर्थ खनिया, बागमती प्रदेश सदस्य तथा महाधिवेसन प्रतिनिधी कुमार कार्की , महाधिवेसन प्रतिनिधि राजेन्द्र चौधरी,निवर्तमान सभापति शशी खनिया , महाधिवेसन प्रतिनिधि चन्द्रा चौधरी,क्षेत्रीय सदस्य संगीता उप्रेती ,महाधिवेसन प्रतिनिधी तथा महिला संघकी केन्द्रीय सदस्य सुशीला उप्रेती, महाधिवेसन प्रतिनिधी तथा महासमिति सदस्य चन्द्र विक्रम चौधरी ,प्रदेश सभापतिहरु गोविन्द गौतम,गणेश मल्ल, जिल्ला सदस्यहरु किरण लामा, शोभा पाठक, देवी प्रसाद न्यौपाने, हरि सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आगामी निर्वाचन सम्म जिम्बेवार व्यक्तिलाई नगर नछोड्न अनुरोध गर्दै आफूँले पनि नगर नछोड्ने सभापति गुणराज श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नु भयो । क्षेत्रीय सभापति किरण भूषण ओली प्रमुख अतिथि रहनु भएको कार्यक्रम नगर सचिव द्वय टिका दत्त इटनी तथा अनुप अधिकारीले संचालन गर्नु भएको थियो । कार्यक्रम नगर सभापति श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।