कालिका ५ को वडाअध्यक्षमा लड्ने २६ वर्षीय युवाको घोषणा

चितवन । आउँदो स्थानीय निर्वाचन २०७९ मा चितवनको कालिका नगरपालिका वडानम्वर ५ को वडाअध्यक्षमा २६ वर्षीय युवा दुर्गा प्रसाद भट्टराई (आशिष)ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

को हुन् त भट्टराई ?

वि.सं. २०५२ साल साउन २८ गते का दिन बुवा हेम प्रसाद भट्टराई र आमा सीता भट्टराईको कोखबाट गरीब परिवारमा सौराहाबाट राप्ती पारी पदमपुरको भीमपुर भन्ने ठाउँमा जन्मनु भएको हो । तत्कालीन पदमपुर स्थानान्तरण समितिले सम्पूर्ण पदमपुर नै साबिक जुटपानी गाविसको उत्तरतर्फ स्थानान्तरण गरेपछि अहिलेको कालिकानगर पालिका बनेको र अहिले कालिका–५ मा बसोबास गरिरहुनभएका भट्टराई कक्षा ५ सम्म भिमोदय मावि मा, रत्ननगर, बकुलहरको गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालयबाट ८ कक्षा पास गरेर भारतको सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ब्याकरण विषयमा शास्त्री समेत पास गरि अहिले आचार्यको अध्ययन नेपालमै बसेर गरिरहनुभएको छ । वि.सं. २०७० साल देखि राजनीतिक जीवनमा प्रबेश गर्नुभएको र समाजमा हुने विविध सामाजिक सेवाका कार्यहरुमा अहोरात्र खटिईरहनुभएको छ । खेलकुद, स्वास्थ्य, सरसफाई, विद्युत्, खानेपानी लगायतका विविध समस्याको समाधानमा सहजता प्रदान गर्नुका साथै समाजमा घट्ने विविध घटनाहरुको सन्दर्भमा सल्लाह, सुझाव तथा निकासका लागि समेत योगदान पुर्याउँदै एक प्रष्ट वक्ता, निडर समाजसेवी अभियन्ताका रुपमा आफुलाई प्रस्तुत गर्दै आउनुभएको छ ।

भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट वडाअध्यक्षमा चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

‘म बनाउँछु मेरो गाउँ’ मूल सन्देश लिएर १९ बुँदे घोषणापत्र जारी गर्दै अध्यक्षमा प्रतिस्पर्धा गर्न मैदानमा आएको उहाँको भनाई छ । २०७० सालदेखि राजनीतिमा प्रबेश गर्नुभएको उहाँ छोटो समयमै समाजमा परिचित युवा मानिनुहुन्छ । दुःख र समस्यामा परेकाहरुलाई सहयोग गर्ने र गलत कार्यको खरो विरोध गर्ने भट्टराइले टोल, समाजमा रहेका स्थानीयको मन जित्न सफल भएको बताउनुहुन्छ ।

कोरोनाको समय वार्ड भरीनै विभिन्न सचेतना कार्यक्रम गर्दै कठिन परिस्थितीमा रहेका स्थानीयलाई गाँस, बास कपासको ब्यबस्था मिलाएको बताउनुभयो । विभिन्न बिद्यालयहरुमा पाठ्यक्रमका पुस्तक,कपि, कलम र नगद पनि सहयोग गर्दै आउनुभएको उहाँले युवाहरुलाई विभिन्न खेलकुदको सामानहरु सहयोग गर्ने,स्थानीयहरु बिरामी पर्दा दिनरात खटीएर सहयोग गर्ने, वार्ड बिकासका बिजुलीको समस्या समाधानमा पहल, समाजमा घटेका विभिन्न घटनाहरुमा विचार राख्ने र न्यायका लागि लड्ने युवाको छवि बनाउनुभएको छ ।

सामाजिक अभियान्ताले समेत चिनिन थाल्नुभएको भट्टराई निडर,प्रस्टबक्ता,सहयोगी भावना सहित दिनदुखी हरु लाई सहयोग गर्ने समाजसेबीको रुपमो पहिचान बनाउनुभएको छ ।

हाल राप्रपा नेपालको चितवन जिल्ला उपाध्यक्ष ,कालिका-५ को शिवालय टोलमा अध्यक्ष, वैदिक सनातन धर्म संरक्षण समिती चितवनको जिल्ला  सचिब समेत हुनुहुन्छ । राप्रपा नेपालबाट उम्मेदवारी दिने उहाँले चुनाव चिन्ह तीरमा अमूल्य मत दिएर विजयी गराउन आह्वान समेत गर्नुभएको छ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.