मेयरमा उठ्न साथीभाइ, शुभ चिन्तक र अग्रजहरुले सुझाव दिएका छन् : उमेश गिरी

प्रकाशवावु खनाल , चितवन

स्थानीय निर्वाचन नजिकिए सगैँ राजनैतीक सरगर्मी बढ्दै गएको छ । रत्ननगरमा मेयरको लागि कांग्रेसबाट उमेश गिरीको चर्चा चुलिएको छ । शनिवार पत्रकारहरुको जिज्ञासामा संक्षिप्त कुराकानी गर्दै गिरीले साथीहरुको सुझावलाई सम्बोधन गर्नका लागि आफु मेयरको दौडमा रहेको औपचारिक जानकारी दिए । शैक्षिक योग्यता र नेतृत्वदायी क्षमताको आधारमा कार्यकर्ताले आफुलाई योग्य देखेरै मेयरमा उठ्न सुझाव सँगै दबाब पनि दिएको गिरी बताउँछन् । गिरी स्थापित व्यवसायी पनि हुन् ।

कांग्रेसबाट मेयरको दौडमा रहेका गिरी २०५४ साल देखि नेपाली कांग्रेको राजनीतिमा सकृय छन् । स्थानीय स्तरमा स्व. सांसद एकनाथ रानाभाटबाट आफू प्रभावित भएको बताउने गिरीले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाई रहेका छन् । युवाहरुको साथ महिलाको संम्मान र अग्रजहरुको अनुभवलाई सम्मिश्रण गर्दै रत्ननगरलाई रत्न बनाउने भिजन आफुसँग भएको गिरीको भनाई छ । देशको सामाजिक, आर्थिक, शैक्षिक, स्वस्थ्य मात्र होइन नेतृत्व विकाश पनि जरुरी रहेको गिरीको बुझाई छ । विकाशका लागि उद्यमशीलताको आवश्यक रहेकाले उद्यमशीलताको विकाशमा लाग्ने भिजन आफुसँग भएको गिरी बताउँछन् ।

टोल समिति मार्फत समाजमा भएका अवसर र चुनैति पहिचन गर्दै पार्टीलाई र समाजलाई सफलता दिलाउन सक्ने योग्यता गिरी सँग रहेको छ ।२०३३ साल मंसिर १५ गते जन्मिएका गिरी राजनीति लिनका लागि होइन दिनका लागि हो भन्छन् । “उद्यम विनाको राजनीतिले भ्रष्टचार जन्माउछ” गिरी भन्छन् “राजनीति मेरोलागि पेषा होइन सेवा हो” ।

राजनैतिक यात्रा

गिरीले वडा समितिमा बसेर एक कार्यकाल काम गरिसकेका छन् । वडा समिति हुँदै एक कार्यकाल नगर समितिमा , क्षेत्रीय समितिमा सदस्य र क्षेत्रीय प्रवक्ता को भूमिका निर्वाह गर्दै हाल क्षेत्रीय सचिवमा निर्वाचित हुन् । पार्टी भित्र वौद्धिक, शैक्षिक, तार्किक र प्रखर वक्ताका रुपमा चिनिएका गिरी क्षेत्रीय प्रवक्ता हुँदै हाल क्षेत्रीय सचविमा निर्वाचन मार्फत आफ्नो योग्यता र क्षमता प्रष्ट रुपमा देखाइ सकेका छन् ।छिट्टै सबैसँग घुलमिल हुन सक्ने स्वभावले गिरी विशेष युवा, पाका माझ प्रिय छन् । स्थानीय तहका अधिकृतहरुसँग वाद प्रतिवाद गर्न सक्ने क्षमता र शैक्षिक योग्यता आफूसँग भएकाले मेयरको लागि अगाडि बढ्न शुभचन्तिकहरुले सुझाव दिएको गिरीको भनाई छ ।

शैक्षिक यात्रा

गिरी वित्तशास्त्रका विद्यार्थी हुन् । हालको नेपाल उच्च माध्यमिक विद्यालयबाट शैक्षिक यात्रा सुरु गरेका गिरी रत्ननगर ३ का स्थाई वासिन्दा हुन् । शहीद स्मृति बहुमुखी क्याम्पस बाट स्नातक तह र त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । प्रखर वक्ताको परिचय बनाएका गिरी शैक्षिक र तार्किक व्यक्तिको रुपमा पनि परिचित छन् । जनताहरुले राजनीतिमा शिक्षित व्यक्तिको खोजी गरेकाले पनि जनताले आफूँलाई योग्य विकल्पको रुपमा अघि सारेको गिरीको भनाई छ ।

सामाजिक क्षेत्र

गिरी सन् २००८ बाट लाइन्स अन्तराष्टिय सामाजिक संस्थामा आबद्ध छन् । लाइन्स क्लब आफूँ भन्दा कम भाग्यमानीलाई सहयोग गर्ने सामाजिक संस्था हो ।उनी लाइन्स क्लव अफ चितवन राइनो सिटी वर्ष १०१५का अध्यक्ष समेत हुन् । डिष्ट्रिक्ट ३२५ बी २ को जोन चियर पर्सन, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ हुँदै हाल डिष्ट्रिक्ट डेपुटी चिफ रहेका छन् । रत्ननगर जेसिजको २०१४ का अध्यक्ष पनि हुन्। जेसिज व्यक्तिको नेतृत्व तथा व्यक्तित्व विकाशमा अघि बढ्ने संस्था हो । उद्योग बाणिज्य संघ रत्ननगरको कार्यसमिति सदस्य, नेपाल रेडक्रस सोसाइटी रत्ननगरको आजीवन सदस्य छन् । अधिकृत व्यवसायी संघको पदाधिकारी ,श्री गणेश मन्दिर. रत्ननगर, रामेश्वर मन्दिर जस्ता धेरै धार्मिक संघ-संस्थामा रही काम गरेका छन् । कला, धर्म, भाषा संस्कृतिको संरक्षणमा आवद्धता रहेकोले धर्म संरक्षणमा उनको विशेष प्रतिवद्धता समेत रहेको छ ।

व्यवसायिक क्षेत्र

गिरी स्थापित व्यवसायी समेत हुन् । उनी युवा व्यवसायीको रुपमा पनि अगाडि छन् । सगरमाथा होम्स् प्र.लि.का अध्यक्ष, सगरमाथा एक्जिम प्रा.लि. का अध्यक्ष रहेका गिरी श्री नारायणी लिकर्सका प्रोपाइटर, उमंग एण्ड उत्कृष्ट मार्केटिङ्गका संचालक, त्यस्तै ममता मार्केटिङका संचालक समेत रहेका छन् ।

भ्रमण अनुभव यात्रा

अमेरिका, बेलायत, युरोप,थाइल्याण्ड, चाइना,भारत, अन्ष्ट्रेलिया, टर्की, फिलपिन्स, दुबई, रसिया लगायतका देशहरुमा भ्रमण गरिसकेका छन् । विकसित मुलुकहरुको भ्रमण अबलोकन र अनुभव मार्फत स्थानीय श्रोत साधनको पहिचान र परिचान गरी रोजगारीको श्रृजना गर्दै समाज निर्माणमा लाग्ने क्षमता आफूँ सँग रहेका गिरी बताउँछन् ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.