वडा अध्यक्षमा उठ्न जनताहरुले सुझाव दिएका छन् : सन्दिप रेग्मी

स्थानीय निर्वाचन नजिकिएसँगै राजनैतीक सरगर्मी बढ्दै गएको छ । यससगैँ विभिन्न व्यक्तिहरुले आफ्ना इच्छा जाहेर गर्न थालेका छन् । रत्ननगर वडा नं. १५ का सन्दिप रेग्मीले शनिवार पत्रकारहरुको जिज्ञासामा संक्षिप्त उत्तर दिदै शुभचिन्तक साथीभाइ तथा अग्रजहरुले वडाअध्यक्षमा उम्मेदवारी दिन सुझाव दिएको बताउनुभयो ।

सन्दिप रेग्मी

राजनैतिक यात्रा
रेग्मीको जन्म २०३७ साल माघ ६ गते गोरखामा भएको थियो । विद्यार्थी जीवनबाट नै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । हिमालयन मा. वि. गोर्खाका तत्कालीन सहसचिव थिए । २०६१ सालमा चितवन क्षेत्र नं. २ का नेविसंघका क्षेत्रीय सचिव बनेका रेग्मी १२ औ महाधिवेशनमा पिठुवा गाविसका पार्टी सचिव थिए । १३ औ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित रेग्मी १४ औ महाधिवेसनमा क्षेत्र नं. १ ख प्रदेशका सचिव पदमा उम्मेदवार बनी थोरै मत अन्तरले पछि परेका थिए । जन-आन्दोलन ०६२/०६३ मा बालाजु काठमाण्डौबाट गिरफ्तारमा परी ३ दिनसम्म हिरासतमा पनि बसेका थिए । जन-आन्दोलनमा उनी घाइते पनि बनेका थिए । शहीद स्मृति बहुमुखी क्याम्पसमा नेविसंघको राजनीतिमा सकृय रेग्मी स्ववियु निर्वाचनमा उम्मेदवारी दिने पक्का भएको थियो तर तत्कालीन समयमा नेविसंघले स्ववियु निर्वाचन बहिष्कार गरेको थियो । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नगर स्टेरिङ् समितिका सदस्य रहेका थिए । २०६४ सालको निर्वाचनमा बुथ कमिटीमा बसेका रेग्मी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रत्ननगर-१५ को आर्थिक समिति संयोजक पनि हुन् । १३ औ महाधिवेशन पछि वडा सचिवको जिम्मेवारी सम्हालेका रेग्मी भित्ते पात्रो प्रकाशन समितिका संयोजक समेत हुन् । रेग्मीले कुशलतापूर्वक पार्टीले दिएको कार्य सम्पादन गरेका छन् । पार्टीको निर्णय अनुसार पिठुवा खानेपानीको निर्वाचन बहिष्कार गर्दा भएको झडपमा पुलिसको लाठी खाएर घाइते समेत बनेका थिए ।

सामाजिक क्षेत्र
नेपाल रेडक्रसका आजीवन सदस्य रहेका रेग्मीले बाढीपीडितका लागि आर्थिक सहयोग संकलन समितिमा सदस्य समेत भएर कार्य गरिसकेका छन् । पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थाको पूर्व सदस्य रहेका रेग्मी हाल अध्यक्ष समेत हुन् । मार्कण्डेय केरा उत्पादक सहकारी संस्थाको व्यवस्थापक भएर समेत कार्य गरेका रेग्मी पिठुवा सिंचाईका लेखा समिति सदस्य पनि हुन् । रेग्मी जनजागृति उच्च माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् । विभिन्न मन्दिर, क्लव लगायत संस्थामा रहेर काम गरेका रेग्मी एक ईमान्दार व्यक्तिको रुपमा चिनिन्छन् ।

शिक्षा र व्यक्तित्व
रेग्मीले स्नातकसम्मको अध्यायन गरेका छन् । खेलकुद, स्वास्थ्य, सरसफाई साँध झगडा, घर झगडा, लगायत सामाजिक घटनामा सल्लाह सुझाव र निकासका लागि न्यायको पक्षमा निडर भै बोल्ने रेग्मी सामाजिक अभियान्ताका रुपमा पनि परिचित छन् । म निर्माण गर्छु मेरो समाज भन्ने मूल मर्म राख्ने रेग्मीले शालीन, भद्र, मृदुभाषी र सहयोगी भावना भएका व्यक्तिको छवि बनाएका छन् । नेपाली कांग्रेस हाम्रो भन्दा राम्रो व्यक्तिलाई रोज्ने पार्टी भएकोले जनताको भावनाको संम्मान गर्दै पार्टीले आफुलाई टिकट दिनेमा ढुक्क भएको रेग्मी बताउँछन् ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.