आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट खैरहनीको मेयरमा आफ्नो नाम पक्का भएको कार्कीले बताएका छन् । आइतवार पत्रकारहरुको जिज्ञासामा संक्षिप्त उत्तर दिदै कुमार कार्कीले भने साथीहरु सँग छलफल भैरहेको छ । साथीहरु सकारात्मक हुनुहुन्छ, मेरो नाममा सर्वसंम्मत हुने निश्चित छ, भन्दै कार्कीले यस पटक खैरहनी नगरपालिकामा कांग्रेसको जित पक्का भएको बताए । “जनताको उत्साहले उर्जा थपेको छ” । कार्की भन्छन् “ यस पटक खैरहनी कांग्रेसलाई कसैले हराउन सक्दैन ”।
को हुन् त कार्की ?
कुमार कार्की चितवनका एक पुराना नेता हुन् । पूर्वी चितवनको संगठन निर्माणमा उनको ठुलो भूमिका रहेको पाका कांग्रेसहरु बताउँछन् । कार्कीको जन्म २०१६ साल चैत्र २६ गते भोजपुरमा भएको थियो । भोजपुर कै तत्कालीन सरस्वती निमावी बाट पठन यात्रा सुरु गरेका उनले विद्दोदय बहुउदेश्यीय विद्यालयबाट एसएलसी पास गरेका थिए । त्रीचन्द्र क्याम्पसबाट स्नातक गरेका उनले २०४१ सालमा राजनीति शास्त्रमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गरेका छन् । कार्की प्रखर वक्ताका रुपमा समेत चिनिन्छन् । शालीन र भद्र बानीका कारण कार्की जनमनमा बस्न सफल छन् । सेवामुखी राजनीतिमा विश्वास राख्ने कार्की राजनीतिलाई व्यवसायको रुपमा हेर्ने शैलीको विरोध गर्छन् । पार्टीमा बढ्दै गएको विकृतिको अन्त्य गर्न पनि शिक्षित वर्ग अव राजनीतिमा आउनु पर्ने उनको धारणा रहेको छ । हाल सम्म पार्टीले दिएको जिम्वेवारी उनले ईमान्दारी पूर्वक सम्पादन गर्दै आएका छन् । शालीन व्यक्तित्वका कारणले उनले विपक्षीहरुको समेत मत खाने विश्लेषकहरु बताउँछन् ।
राजनैतिक यात्रा
२०२८ सालबाट नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका कार्की २०५२ सालमा चैनपुर गाउँ समितिको तदर्थ समितिको सचिव थिए । २०५७ सालको अधिवेसनमा क्षेत्रीय सचिवमा निर्वाचित कार्की २०६२ सालमा जिल्ला कार्य समितिमा समेत निर्वाचित थिए । २०६७ साल र २०७२ सालमा लगातार दुई कार्यकाल सम्म क्षेत्रीय सभापतिमा निर्वाचित थिए । २०६७ सालमा निर्वाचन परिचालन मूल समिति संयोजक भै पार्टीलाई विजयी बनाउन ठुलो भूमिका खेलेका थिए । १४ औ महाधिवेसनमा अत्याधिक मतका साथ केन्द्रीय महाधिवेसन प्रतिनिधिमा निर्वाचित कार्की बागमति प्रदेश कमिटि सदस्यमा पनि निर्वाचित हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चैनपुर गाविसको अध्यक्षका प्रत्याशी कार्की झिनो मतान्तरले पछि परेका थिए ।
सामाजिक सम्बन्ध
शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरका २ कार्यकाल सम्म व्यवस्थापन समितिमा रहेर कार्य गरेका कार्की सेवा आयोगका अध्यक्ष समेत हुन् । कंकाली माध्यमिक विद्यालय चैनपुरका व्यवस्थापन समिति सदस्य रहेका कार्की हाल सल्लाहकार छन् । पर्सा बचतका संचालक सल्लहाकार रहेका कार्की आफन्त बचतका समेत सल्लहाकार छन् । खैरहनी १ को कृष्ण मन्दिर निर्माण समितिमा रहेर कार्य गरेका उनी ताजा तरकारी तथा फलफूल विक्री सहकारी संस्थाको संस्थापक सदस्य समेत हुन् । उनी नेपाल रेडक्रसका आजीवन सदस्य पनि हुन् ।
पेषा तथा व्यवसाय
तत्कालीन वन मन्त्रालय, आवास तथा भौतिक मन्त्रालय अन्तर्गत २०५० साल सम्म अधिकृत तहमा सरकारी सेवामा रहेका उनी २०५५ सालमा विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्रध्यापन समेत गर्दथे । कार्की २०६० सालमा रोजमेरी किड्स फउन्डेसनका संञ्चालक प्रिन्सिपल पनि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार