प्रकाशवावु खनाल, चितवन
आगामी स्थानीय निर्वाचनमा रत्ननगर १३ को वडाध्यक्षमा देवेन्द्र भुजेलले आकांक्षा राखेका छन् । मंगलवार पत्रकारहरुको जिज्ञासामा संक्षिप्त उत्तर दिदै देवेन्द्र भुजेलले आम कार्यकर्ताले वडा अध्यक्षको लागि अगाडि बढ्न सुझव दिएको बताउनु भयो । गत २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले उक्त वडा गुमाएको थियो । यस पटकको स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन कांग्रेस एकजुट भएको भुजेलले बताए । “ म जनताको सेवक हुँ ” भुजेल भन्छन् “जनताको आदेशलाई प्रसादको रुपमा ग्रहण गर्छु ।” भुजेल बलिया वडाध्यक्षको दाबेदार मानिन्छन् । उनी भन्छन् ‘ यस पटक कांग्रेसलाई जिताउन जनता तयर छन् ।’
को हुन् त भुजेल
भुजेलको जन्म २०२७ साल असार ११ गते चितवनमा भएको थियो । उनी समाजसेवी स्व. भिम बहादुर भुजेलका जेठा छोरा हुन् । उनका पिता सामाजिक अभियान्ता एवम् राजनैतिक कर्मी पनि थिए । पटक पटक वडाध्यक्षमा निर्वाचित स्व.भिम बहादुर साविक पञ्चकन्या गाविसको प्रमुखमा उठेर थोरै मत अन्तरले पछि परेका थिए । साविक को पञ्चकन्या स्कुलको स्थापना गर्न पनि स्व. भिम बहादुरको योगदान रहेको यस क्षेत्रका पाका व्यक्तिहरु बताउँछन् । यस हिसाबले देवेन्द्र राजनैतिक पृष्ठ भूमिका व्यक्ति हुन् । यतिमा मात्रै उनको परिचय शीमित छैन । पिताको बिँडो थाम्दै देवेन्द्र पनि सामाजिक कार्यमा सधैँ अग्रसर छन् । समाजका हरेक प्रकारका समस्यामा उनी निकासका लागि पुगी हाल्छन् । पक्ष प्रतिपक्ष सबैसँग राम्रो सम्बन्ध बनाएका उनी मीठो बोली र नम्र व्यवहारले सबैको मनमा बस्न सफल छन् । पार्टी भित्र पनि संयम भूमिकामा प्रस्तुत हुने उनको बानीले शालीन व्यक्तित्वको छवि समेत बनाएका छन् । भुजेल बलिया दाबेदार मानिन्छन् । गत स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा उनले आकांक्षा राखेका थिए ।
राजनैतिक यात्रा
आधारभूत विद्यालय माधवपुरबाट प्राथमिक शिक्षा सुरु गरेका भुजलले हालको जनजागृति उमावीबाट नेविसंघको राजनीति सुरु गरेका थिए । २ पटक सम्म वडा सभापतिमा निर्वाचित भुजेल १२ औ अधिवेसनमा कार्यबाहक नगर सचिव पनि थिए । १३ औ महाधिवेसनमा पुनः नगर सचिवमा निर्वाचित भुजेल १४ औ महाधिवेसनमा प्रदेश न. १ ‘ख’ को सचिवमा निर्वाचित भएका थिए । पहिलो र दोस्रो जनआन्दोलनमा सकृय रुपमा भाग लिएका भुजेल पार्टीले खटाएको जिम्बेवारी कुशलताका साथ पूरा गर्दथे । भुजेल पार्टीका ईमान्दर सिपाहीका रुपमा समेत परिचित छन् ।
सामाजिक सम्वन्ध
गाँउ समाजको मठ मन्दिर , क्लव लगायत संस्थाहरुमा आबद्ध उनी नेपाल रेडक्रसका आजीवन सदस्य पनि हुन् । आधारभुत विद्यालय माधवपुरको व्यवस्थापन समितिमा रहेर कार्य गरेका उनी जनजागृति साझा संस्थाका पूर्व सल्लहकार समेत हुन् । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको कार्य समितिका सदस्य पनि हुन् ।
लक्ष्य
भुजेल स्थानीय तहमा आउने बजेटमा चरम भष्ट्रचारको गुनासो सुन्ने गरेको बताउँछन् । भ्रष्ट्रचारमा शून्य सहनशीलता अपनाउँदै शिक्षा, स्वस्थ्य, बाटो र रोजगारीलाई विशेष ध्यान दिन आवश्यक रहेको भुजेल बताउँछन् । किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न मल, बीउ , सिँचाई र बजारको व्यवस्थापनमा ध्यान दिदै किसानहरुको जीवनस्तार उकास्न लागी पर्ने उनले बताए । वर्तमान स्थानीय सरकारले पनपक्ष गरेकाले जनता आजित भएको संझदै सबैलाई राज्यले दिएको सुविधा समान रुपले वितरण गर्ने उनले बताए ।
