घरदैलोमा जाँदा वडावासीले वडाध्यक्षमा उठ्न सल्लाह दिएका छन्ः धिरेन्द्र घिमिरे ।

प्रकाशबाबु खनाल, चितवन
स्थानीय निर्वाचन नजिकिए सँगै सबै पाटीले चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । आकांक्षीहरुले पनि आफ्नो आकांक्षा राख्न थालेका छन् । रत्ननगर १४ को वडाध्यक्षको लागि धिरेन्द्र घिमिरेले पनि आफ्नो आकांक्षा राखेका छन् । हाल नेपाली कांग्रेसको घर घर जाऔँ कांग्रेस जिताऔँ अभियान चलिरहेको छ । घरदैलोमा जाँदा वडावासी मतदाताले आफूँलाई वडाध्यक्षमा उठ्न सल्लाह दिएको घिमिरे बताउँछन् । यस वडा कांग्रेसको गढ मानिए पनि पार्टीको आन्तरिक प्राविधिक पक्षलाई बलियो बनाउन नसक्दा कांग्रेसले पटक पटक पराजय बेहोर्नु परेको छ । पार्टी भित्र नेताहरुले गर्ने गुठबन्दी कै कारण पराजय बेहोर्नु परेको एक पाका कांग्रेसले बताए । गठबन्धन हुँदा आफ्नो भागमा वडा पर्ने कि नपर्ने भन्ने चिन्ता त छँदै छ त्यस माथि पनि करीव १ दर्जन भन्दा बढि आकांक्षीको कारणले विगतमा जस्तै हारको नियति भोग्नु पर्ने हो कि भन्ने चिन्ताले पुराना कांग्रेसहरुलाई सताउन छाडेको छैन । स्मरण रहोस् २०७४ सालको स्थानीय निर्वाचनमा रत्ननगर १४ मा वडा सदस्यहरुमा नेपाली कांग्रेसले जिते पनि वडाध्यक्षमा पराजय बेहोर्नु परेको थियो । “पार्टीलाई एकताबद्ध बनाउँदै साथीहरुलाई मेरो नाममा सर्वसम्मत गराउन सक्ने क्षमता म सँग छ” घिमिरे भन्छन् “ यस पटक वडा नं १४ मा नेपाली कांग्रेसको जित निश्चित छ ।”
को हुन् त घिमिरे ?
२०२६ साल पौस २ गते जन्मिएका घिमिरेले हालको आधारभुत विद्यालय माधवपुर बाट प्रथमिक शिक्षा सुरु गरेका थिए । तत्कालीन जनजागृति मावी बाट एसएलसी पास गरेका उनले हालकोे श्री शहीद स्मृति बहुमुखी क्याम्पसबाट स्नातक सम्म अध्यायन गरेका छन् । घिमिरे राजनैतिक परिवारकै व्यक्ति हुन् । युवा नेताको रुपमा उदाउँदै गरेका घिमिरे शालीन र भद्र छन् । साना ठुला सबै सँग मिल्न सक्ने उनको स्वभाव छ । चाँडै अरुलाई विश्वास गर्ने र थोरै भावनामा बग्ने उनको बानीलाई कतिपयले कमजोरी पनि ठान्छन् । साथीभाइ बीचमा आत्मीय सम्बन्ध मात्र होइन पारिवारिक सम्बन्धका कारणले पनि उनले विपक्षीहरुको मत समेत खान सक्ने भनेर वडावासीहरुले चोक चौतारीमा कुराकनी समेत गरेको सुनिन्छ । पार्टी भित्र उनी ईमान्दार सिपाहीको रुपमा चिनिन्छन् ।
राजनीति
घिमिरे २०३८ सालमा नै जनजागृति मावीको ईकाइ अध्यक्ष बनेका थिए । २०४२ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय सदस्य बनेका थिए । उनी नेपाल तरुणदल पिठुवाको संस्थापक अध्यक्ष समेत हुन् । १४ महाधिवेसनमा वडा सभापतिको दौडमा रहेका उनी पार्टीलाई सहमतिमा अगाडि लैजानु पर्छ भन्दै पछि हटी चितवन क्षेत्र नं १ ‘ख’ प्रदेश उपसभापतिमा उमेद्वारी दिई थोरै मतान्तरले पछि परेका थिए ।
सामाजिक सम्बन्ध
उनी साना ठुला सबै सँग मिल्न सक्छन् । हाल उनी खेलप्रिय व्यक्ति हुन् । आजभोलि पनि ब्यटमिन्टन कोड तिर छोरा नाति उमेरका व्यक्तिहरु सँग खेल्न तम्सिन्छन् । भलिवल , फुटबलमा उनको निकै चासो छ । उनी नेपाल रेडक्रसका आजीवन सदस्य हुन् । इन्टरनेशनल रोटरी क्लवको युएस वेष्ट भर्जिनीया को मानार्थ सदस्य समेत रहेका उनले अन्तराष्ट्रिय संस्था मार्फत गोर्खा र चितवनका प्रयः विद्यालयहरुमा विद्यार्थी र विद्यालयहरुलाई शैक्षिक सामाग्री , पोसक, कम्युटर, झोला लगायतका सामाग्री वितरण गरेका छन् ।
लक्ष्य
घिमिरे स्थानीय तहमा आउने बजेटमा चरम भष्ट्रचारको गुनासो सुन्ने गरेको बताउँछन् । भ्रष्ट्रचारमा शून्य सहनशीलता अपनाउँदै शिक्षा, स्वस्थ्य, बाटो र रोजगारीलाई विशेष ध्यान दिन आवश्यक रहेको घिमिरे बताउँछन् । किसान र कृषि उपजका लागि हाट बजार , पार्क खेलकुदमा विशेष ध्यान दिनु पर्ने उनी बताउँछन् । किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न मल, बीउ , सिँचाई र बजारको व्यवस्थापनमा ध्यान दिदै किसानहरुको जीवनस्तार उकास्न लागि पर्ने उनले बताए । वर्तमान स्थानीय सरकारले पनपक्ष गरेकाले जनता आजित भएको संझदै सबैलाई राज्यले दिएको सुविधा समान रुपले वितरण गर्ने उनले बताए ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.