जनादेशलाई स्वीकार्नु मेरो धर्म होः कमलनाथ अधिकारी ।


प्रकाशवावु खनाल, चितवन
कमलनाथ अधिकारी अनुभवले खारिएका नेता हुन् । यस पटकको स्थानीय निर्वाचनमा रत्ननगर १४ बाट वडाध्यक्षको लागि उनी आकांक्षी हुन् । “ मैले आकांक्षा राख्नुको कारण जनचाहना हो” उनी भन्छन् “ राजनीतिमा लागे पछि जनादेशलाई स्वीकार्नु मेरो धर्म हो” । अधिकारी शालीन स्वभावका व्यक्ति हुन् । उनी मौन बस्छन् तर कसैको मन दुखाउँदैनन् । सबैको भलो नै चाहन्छन् । उनी कुशल संगठन कर्ता पनि हुन् । उनी सभापति हुँदा उलेख्य संख्यामा कांग्रेस कृयाशीलता थपेका थिए । यस पटकको टोल कार्य समितिको गठन हुँदा पनि उनको पहलमा नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या उल्लेख्य थियो । गत स्थानीय निर्वाचनमा पनि उनी वडाध्यक्षका लागि आकांक्षी थिए । तर अन्तिम समयमा उनी टिकट पाउनबाट बन्चित भएका थिए ।


वडा भरि सबै तिर परिवारिक सम्बन्ध भएकै कारण टिकट पाए अधिकारीले निर्वाचन जित्ने विश्लेशकहरुको मत छ ।
कांग्रेसमा त्यागी नेताको रुपमा चिनिने उनी पदको पछाडि कहिल्यै परेनन् । जागिरे जीवनबाट अवकाश पाए पछि उनी पूर्णकालीन भै राजनीतिमा सकृय छन् । समाजका मठ , मन्दिर , विद्यालय, बाटो , रेडक्रस, सहकारी जस्ता संस्थामा उनी समितिमा रहेर कार्य गरिसकेका छन् । हाल उनी पिठुवा रेडक्रसका सभापति हुन् । उनकै नेतृत्वमा पिठुवा रेडक्रसले जग्गाको समेत व्यवस्था गरी भवन निर्माण कार्य अगाडि बढाई रहेको छ । राजनीति पेषा होइन सेवा हो भन्दै रात दिन नभनी जनताको सेवामा उनी खटिन्छन् । समाजका घर झगडा , साँध झगडा मिलाउन पनि उनी पुग्छन् । राजनीतिमा लागेर नेताको चाकरी गर्नु भन्दा जनताको सेवा गर्न सके जनताको मनमा बस्न सकिने उनको धारण छ ।
“ वडाध्यक्षको टिकट पाए पनि ठिकै छ , नपाए पनि ठिकै छ ,” उनी भन्छन् “ म जनताको सेवामा छु, कांग्रेस जिताउन तयार छु ।” अधिकारी अनुभवले खारिएका नेता हुन् । सधैँ न्यायको पक्षमा उभिन्छन् । मीठो बोली र नरम व्यवहारकै कारणले उनी १४ औ अधिवेशनमा अध्याधिक मतले नगर उपसभापतिमा निर्वाचित भएका थिए । “राजनीतिमा थोरै विकृति भित्रिएको छ” उनी भन्छन् “राजनीतिलाई समाज सेवाको मार्गमा हिडाउनु पर्छ ।”
उनी विकाश प्रेमी नेता हुन् । वडा मार्फत तथा प्रदेश मार्फत विनियोजन हुने बजेटमा रङ देखिने गरेको उनको गुनासो छ । “ कर त सबै जनताले तिरेका हुन्छन् तर विकाश वितरणमा आफ्नो र आर्को भन्ने संस्कारको म अन्त्य गर्न चाहन्छु ।” अधिकारी थप्छन् “ जुन पार्टीले जिते पनि वडा सबैको साझा हुनु पर्ने हो तर त्यसो हुन सकेन ।”
पिठुवाका सबै सडकहरुलाई आवश्यकता अनुसार फराकिलो र कालो पत्रे बनाउने , वडावासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने , सबैको पहुँचमा शिक्षा र स्वास्थ्य पुर्याउने , वृद्धवृद्धालाई स्वस्थ्य सुविधा, किसानहरुलाई मल, बीउमा सहुलियत, आधुनिक कृषि प्रविधि , विमाको व्यवस्था , ढलको व्यवस्था , तट बन्धन , सुकुम्वासीलाई व्यवस्थित वसोवासको व्यवस्था गर्ने उनको लक्ष्य छ । देश र जनताको पक्षमा हुने गठबन्धनलाई सहज रुपमा लिनु पर्ने उनको धारण छ । “ म समग्र नगरवासीलाई नगर उपसभापतिको हैसियतले भन्न चाहन्छु , गठबन्धनलाई नेपाली कांग्रेसले लोभीपापीको स्वर्थ सिद्ध गर्ने साधन बनाउन दिने छैन ।”

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.