सहयोग रकम हस्तान्तरण


प्रकाशवावु खनाल , चितवन ।
रत्ननगर १४ स्थीत बुद्ध टोलका दुई असाहाय परिवारलाई शनिवार सहयोग रकम हस्तान्तरण गरिएको छ । उक्त टोलमा वसोवास गर्ने विपा नेपाली पक्षघात रोगबाट लामो समय देखि थलिएकी थिइन् । आर्थिक अवस्था कमजोर भएको परिवारमा औषधि उपचार गर्ने रकमको अभावमा उनी एउटै थलोमा परेको लामो समय भएको छ । ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारमा एउटै थलोमा विरामी भए पछि परिवारको अवश्था झनै दयनीय हुँदै गएको छ । शनिवार आयोजित सहयोग संकलन तथा हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि भेषराज दुवाडीले रु. दश हजार , महासमिति सदस्य सरोज कुँवरले रु. पाँच हजार , त्यस्तै महासमिति सदस्य गिता देवकोटाले रु. पाँच हजार र नेपाली कांग्रस को वडा सचिव वेद प्रसाद भट्टराईले रु. दुई हजार रकम परिवारलाई हस्तान्तर गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सूर्य अर्याल ले अशक्त विपा नेपालीलाई ह्वील चियरको व्यवस्था गरिदिने बताउनु भयो । सोही टोलमा नै बिरामी भै लामो समय देखि एउटै थलोमा परेकी देवकी ढकालको परिवारलाई पनि दुवाडीले रु. दश हजार, कुँवरले रु. पाँच हजार र देवकोटाले रु. पाँच हजार रमक हस्तान्तरण गर्नु भएको छ । जिल्ला सचिव अर्याले असक्त देवकी ढकालको छोरीलाई क्याम्पसमा पढाई दिने व्यवस्था मिलाउने बताउँनु भयो । यस अघि पनि असाहाय परिवारलाई सहयोग संकलन कार्यमा सोही क्षेत्रका सामाजिक युवाहरु रमेश थापा , किरण दुवाडी , मुकुन्द अधिकारी, साधुराम ढकाल तथा देवराम गुरुङले सहजीकरण गर्दै आएका छन् । कार्यक्रम नेपाली कांग्रेस वडा नं. १४ का सभापति हरिश्चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.