प्रकाशवावु खनाल , चितवन
आगामी निर्वाचनमा कुन पार्टीवाट कसले टिकट पाउने हो अझै टुङ्गो लागेको छैन । आफूँ अनुकुलका नेताहरुको समर्थनमा सामाजिक सञ्जाल मार्फत मत माग्ने र सद्भाव राख्ने क्रम तीव्र छ । स्थानीय निर्वाचनको मिति घोषण पछि पनि लामो समय सम्म रत्ननगर नेपाली कांग्रेसका सभापति प्रह्लाद सापकोटाले औपचारिक रुपमा मुख खोलेनन् ।
तर चोक चोक , चिया पसल तथा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल भरि सापकोटाको पक्षमा स्वरहरु गुञ्जिन थाली सकेको थियो । सभापतिको हैसियतले सबै आकांक्षी साथीहरुलाई मिलाउने दायित्व त उनलाई छँदै थियो त्यस माथि पनि आफ्नो पक्षमा उर्लिएको जनभावनाको करद गर्न पनि उनी बाध्य थिए । त्यसैले जनचाहना तथा आफन्त शुभचिन्तकहरुको सल्लाहलाई स्वीकार्दै उनको नाम पनि मेयरको आकांक्षीहरुको सूचिमा पर्यो । त्यस पछि त जनतामा एक प्रकारको उत्साह नै थपियो ।
आजभोलि सबै तिर प्रह्लाद कै चर्चा हुन्छ । उनको त्यति भाषण कला पनि छैन , नत कार्यक्रमहरुमा धेरै बोल्छन् । तुलनात्मक रुपमा उनी लामो राजनैतिक पृष्ठभूमि भएका व्यक्ति पनि हैनन् । तर सबैको मनमा ,मुखमा प्रह्लाद सापकोटा कै नाम झुण्डिएको छ । कारण एउटै छ उनी मिठो बोल्छन् अनि थाहा पाए सम्म सबैको घाउमा मलम लगाउन पुगी हाल्छन् । उनी भाषण केन्द्रीत होइन काम केन्द्रीत छन् । “मेरो लागि राजनीति स्वर्थ सिद्ध गर्ने थलो होइन” सापकोटा भन्छन् “ समस्यामा पर्नेहरुले सम्झनु हुन्छ , सकेको साथ र सहयोग गरेको छु बदलामा उहाँहरुको आशीर्वाद पाएको छु” उनी अझ थप्छन् “ यसरी नै जनसेवामा जीवन अर्पण गर्न पाऊँ ।”
उनले दानवीर र सामाजिक अभियान्ताको रुपमा आफूँलाई स्थापित गरेका छन् । हुन पनि कहिले अस्पताल, कहिले विद्यालय, क्याम्पस , कहिले प्रहरी चौकी ,वेरोजगारलाई रोजगरको अवसर, कहिले दीन दुखीहरुको घर घरमा गएर चौवीसै घण्टा सहयोग गर्न तयार हुन्छन् । मठ मन्दिर, क्लवहरु सामाजिक संस्था सायदै होलान् उनले सहयोग नगरेको होस् । देख्दा उनी खरो स्वभावको देखिन्छन् तर उनी कोमल र भावुक ह्रदयका छन् । भाइराजा , दाइहजुर, बुबा हजुर , दिदी हजुर सधैँ आदरभाव तथा मायाका भाव सहितका उनको जिब्रोमा झुण्डिने शव्दहरु हुन् । कोरोनाकालमा पनि उनले पीडितहरुलाई आवश्यक सहयोग गरेका थिए । खेलकुद मार्फत युवाहरुलाई सही आचरण र स्वास्थ्यमा ध्यान दिन बल, नेट , ब्याट, कक , जुत्ता लगायतका खेल सामाग्री बितरणमा छाती फराकिलो बनाउँछन् । उनी स्थापित व्यवसायी पनि हुन । व्यवसाय बाट प्राप्त नाफा समाजसेवामा लगाउँदा आनन्द लाग्ने उनी बताउँछन् ।
लामो समय देखि रत्ननगरमा गुट प्रवृत्ति हाबी थियो । विगतका निर्वाचनमा सोचे अनुकुल परिणाम नआउँनुमा व्यक्तिवादी प्रबृत्ति पनि एक हो । “ रन्ननगरमा गुट प्रबृत्तिको अन्त्य भएको छ” उनी भन्छन् “ यस पटक जनताको पहिलो रोजाई नेपाली कांग्रेस नै हो , यसमा कुनै शन्देह छैन” उनी थप्छन् “ नेपाली कांग्रेसलाई जिताउँन जनता तयार छन् ।”
उनी नेपाली कांग्रेसको कुरा गर्छन् तर उता राजनैतिक विश्लेषकहरु सापकोटाले टिकट पाए कुनै व्यक्तिले दल विशेषले आट्नै नपर्ने , सजिलै सापकोटाले जिल्ने आकलन गर्छन् । उनीले गत अधिवेशनमा रत्ननगरमा कमजोर मानिएको संस्थापन समूहवाट नगरसभापतिको लागि उम्द्वारी दिएका थिए । तर भारी मतान्तरले उनी निर्वाचित भए पछि उनको लोकप्रियता र सामाजिक सम्बन्ध थप प्रमाणित भएको हो । चाहे तरुण दलमा हुँदा होस् चाहे जिल्ला सदस्य हुँदा उनी तरुण तथा युवा परिचालनको भुमिकामा सफल भए । विशेष युवा माझमा सेलीब्रेटी बनेका उनी पछिल्लो समय वृद्धवृद्धा मात्र होइन सबैको नजरमा प्रिय छन् । सहयोगी भावना कै कारण उनी अन्य पार्टीका नेता कार्यकर्ताको सद्भाव र समर्थन पाउने पात्र बन्न सफल भएका छन् । उनको लोकप्रियता देखेर प्रतिपक्षहरु पनि नतमस्तक हुन्छन् ।
“धेरै आकांक्षी साथीहरु र गठबन्धनको कारणले नेपाली कांग्रसका जनताहरु कार्यकर्ताहरु निरास हुनु पर्दैन” उनी भन्छन् “ म नगर सभापतिको हैसियतले बाचा गर्छु आगामी स्थानीय निर्वाचनमा हजुरहरुको मनमा चोट लाग्न दिने छैन” ।
