प्रकाशबाबु खनाल , चितवन ।
आगामी बैशाख ३० गते घोषित स्थानीय निर्वाचन जति नजिकिदै छ, उति नै नेताहरुको दौडधुप बाक्लिदो छ । १४ महाधिवेशनमा रत्ननगरमा वडा तहमा सहमतिमा नेतृत्व चयन गर्न सफल नेपाली कांग्रेसको अहिले मेयरमा मात्रै १८ जना आकांक्षीहरु देखिएका छन् । आकांक्षीहरु विचमा सद्भाव भएन भने विगतमा जस्तै पराजयको इतिहास दोहोरिने चिन्ता समर्थक तहमा देखिन थालेको छ । यस्ता शंका उपशंकालाई दूर गर्न चितवन क्षेत्र नं १ ख का सभापति गोविन्द गौतम गाउँ घर, टोल टोलमा पुग्न थालेका छन् । कांग्रेस भित्रको सद्भाव कायम राख्दै मतदाताहरुमा रत्ननगरको समग्र भविश्यको बारेमा पनि छलफल गर्दै हिडेका छन् ।
तल्लो मैदान बाट नै संघर्ष गर्दै नेपाली कांग्रेसको नेतृत्वमा पुगेका उनी भद्र तथा शालीन छन् । जनताका घर घरमा जाने , सुखदुख साट्ने स्वभावले नै हाल टोल टोलमा गोविन्द कै माहोल छ । रन्ननगरको मेयरमा गोविन्दलाई देख्न चाहेको मतदाताहरुको भनाई छ । “आकांक्षा सबैको हुनु स्वभाविक हो टिकक जस्ले पाए पनि हामी कांग्रेस जिताउन एकबद्ध छौ ।” गौतम भन्छन् “ अब, रत्ननगरमा नेपाली कांग्रेसको लागि पराजयको इतिहास सकियो ।” उनी थप्छन् “ टोल टोलमा मैरै माहोल छ ।”
गौतम कानुनका विद्यार्थी हुन् । गत १४ औ अधिवेसनमा रत्ननगरमा कमजोर आँकलन गरिएको संस्थापन टिम बाट प्रदेश सभापतिमा उमेद्वारी दिई उनी निर्वाचित भएका थिए । “ मरो लोकप्रियता बारे अधिवेशनको परिणाम बोल्छ, म आफ्नो विज्ञापन आफैँ गरेर रमाउने व्यक्ति होइन ।” गौतम भन्छन् “ म सबै आकांक्षी साथीहरुलाई मेयरको लागि योग्य देख्छु, आकांक्षा नराख्ने साथीहरु पनि मेयरको लागि योग्य हुनुहुन्छ ।” उनी अझ प्रष्ट भन्छन् “ सबैले सबैलाई स्वीकार्न सक्नु पर्छ , निषेध कसैले कसैलाई नगरौ यस पटक कांग्रेसको जित निश्चित छ ।”
राजनैतिक तथा सामाजिक सम्बन्धका बोरेका उनी पत्रकारहरु सँग धेरै खुल्न चाहेनन् । “जनताले देखेको , सुनेको , बुझेको कुरा मा म धेरै बोल्न चाहन्न” उनी भन्छन् “ सबैको योगदानले निर्माण भएको पार्टी हो , विगतका गरेको योगदानमा रमाउन भन्दा वर्तमानको कर्ममा लाग्न सके मात्र सामाजिक रुपान्तरण गर्न सकिन्छ ।” आजभोलि चिया पसल भन्दा पनि जनताको घर दैलोमा व्यस्त छन् गौतम । कार्यकर्ता र जनताको माझमा छन् । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरका उमेद्वार रुपनराज घिमिरेले थोरै मत अन्तरले पछि पर्दा कार्यकर्ता तहले अन्तर्घातका कारण पराजय भोग्नु परेको निचोड निकालेको थियो । यस्ता घटना हुन नदिन तथा अधिवेसनका कारणले निर्मित घाउहरुमा मलम लगाउन, कार्यकर्ताको मनोबल उकास्न तथा सबै तिर कांग्रेसको माहोल बनाउन हाल उनी व्यस्त छन् । “म कांग्रेसको माहोल निर्माणमा छु , तर गाउँ घर सबै तिर मेयरमा मेरै माहोल छ ।”