जनाताको रोजाईमा रुपनराज ।

       

प्रकाशवावु खनाल , चितवन
जनताको मन मनमा मात्र होइन केन्द्रीय नेताहरु सँग पनि रुपनराज घिमिरेको राम्रो सम्बन्ध छ । लगातार दुई कार्यकाल सम्म रत्ननगरको नगर सभापतिमा निर्वाचित घिमिरे सबैको जिब्रोमा झुण्डिने नाम हो । भाषण कला , प्रखर वक्ता , विपक्षीहरु सँगको वादविवाद सहितको खरो संवाद तथा समस्यामा सहज निकास दिन सक्ने निर्णय क्षमताका कारण नै उनको व्यक्तित्व सबैको लागि लोभ लाग्दो विषय बनेको छ । उनको यस्तै व्यक्तित्वकै कारण तुलनात्मक रुपमा कम उमेरमा नै उनले लगातार १२ औ र १३ औ अधिवेशनमा २ पटक सम्म निर्वाचित भै नेपाली कांग्रेस रत्ननगरको नेतृत्व समालेका थिए ।
“मैले कसैलाई काखा र पाखा गरिन, लोकतान्त्रिक विधि अनुसार नै पार्टी संचालन भयो ।” उनी भन्छन् “ प्राविधिक कारणले ०७४ सालको स्थानीय निर्वाचनमा पछि परियो सबै जनतालाई थाहा छ, किन पछि परियो? म त्यता जान चाहन्न तर हाम्रै कार्यकालमा नेपाली कांग्रेस रत्ननगरको जगलाई इतिहासमा नै बलियो बनाइयो ।”
रुपन चिया पसल तिर त्यति जाँदैनन् । जनताको घर घर मा पुग्छन् आन्तरिक अधिवेशले कार्यकर्ता तहमा लागेको घाउमा मलम लगाउन उनी तल्लिन छन् । यही हार्दिकताकै कारणले रुपन जनताको रोजाईमा छन् । “जनताको रोजाईमा छु, साथीहरुले भएको कमजोरी महशुस गरिसक्नु भएको छ ।” उनी भन्छन् “हामी नेपाली कांग्रेस जिताउन प्रतिबद्ध छौँ ।”
गत स्थानीय निर्वाचनमा थोरै मत अन्तरले नेकपा एमालेका उमेद्वार सँग उनी पराजित भएका थिए । कार्यकर्ता तहले अन्तर्घातका कारणले पराजित भएको भनिरहदा उनी पुराना कुराहरुलाई विर्सिएर अघि बढ्नु पर्ने भन्दै कार्यकर्तालाई सम्झाउँने गर्छन् । तर कार्यकर्ता हरु लागेको घाउमा मलम लगाउन नसकिए घाउ बल्झन सक्ने भन्दै न्याय को लागि पनि रुपनले टिकट पाउनु पर्ने मतमा छन् ।
बैरिया मा वि मा विद्यालय जीवन बाट नै उनले नेविसंघको राजनीति सुरु गरेका थिए । सामाजिक सम्बन्ध पनि उनको बलियो छ । लामो समय अघि देखिको रत्ननगरको मुहार फेर्ने सपना यस पटकको स्थानीय निर्वाचन मार्फत पूरा गर्ने लक्ष्यमा उनी छन् । यस लक्ष्यमा साथ दिन समग्र नगरवासी तयार रहेको उनको भनाई छ । “ मेरो नेतृत्वमा भएको आन्दोलनले नै ढाड सेक्ने करबाट नगरवासीले न्याय पाएका थिए ।” उनी भन्छन् “ निर्माण सम्पन्न नभएको बजार क्षेत्रको हिलाम्य राजमार्गले नै भन्छ कहाँ छ विकाश ?” उनी अझ भप्छन् “ कता गए सरकारी सेवा कार्यलयहरु ?” खैरहनी केन्द्रीत नापी तथा कर कार्यलय तर्फ उनको संकेत थियो ।
“आफ्ना निकटका संस्थाहरुलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने वर्तमान कम्युनिष्टहरुको स्थानीय सरकार सँग जनता रुष्ट छन् ।” उनी भन्छन् “ त्यसैले कांग्रेसलाई जिताउन जनता तयार छन् ।”
पर्टी भित्र मात्र होइन समाजमा पनि वौद्धिक व्यक्तिको रुपमा रुपन स्थापित छन् । हाल उनी गाउँ घर, टोल टोलमा पुग्न थालेका छन् । कांग्रेस भित्रको सद्भाव कायम राख्दै मतदाताहरुमा रत्ननगरको समग्र भविश्यको बारेमा पनि छलफल गर्दै हिडेका छन् । सामाजिक तथा राजनैतिक व्यक्तित्व कै कारण पार्टी भित्र पनि उनको उपस्थिति बलियो छ । गत स्थानीय निर्वाचनमा पनि समूहगत रुपमा रुपनले पाएको मत लोकप्रिय मत हो । गत स्थानीय निर्वाचनमा लागेको घाउमा मलम लगाउन पनि जनताको रोजाईमा रुपनराज भएको विश्लेषकहरुको मत छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.