रा.प्र.पा.को जनलहरलाई कुनै दलले अब रोक्न सक्दैनः हरिशरण भट्टराई ।

प्रकशवावु खनाल, चितवन
हरिशरण भट्टराई राष्ट्रवादी युवा हुन् । यस पटकको स्थानीय निर्वाचनमा रा.प्र.पा.बाट उनी रत्ननगरका मेयरका आकांक्षी हुन् । उनी रा.प्र.पा.को स्थापना काल बाट नै राजनीतिमा सकृय छन् । शहीद स्मृति क्याम्पस रत्ननगरमा पनि उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आबद्ध थिए । उनले स्ववियु निर्वाचनमा समेत भाग लिएका थिए । भट्टराई भद्र तथा शालीन छन् । युवा पाका सबैको माझमा प्रिय छन् । “कांग्रेस कम्युनिष्ट भनाउदा पार्टीहरु असफल भै सके जनताको रोजाईमा अब एक मात्र पार्टी रा.प्र.पा. हो” उनी भन्छन् “ रा.प्र.पा.को जनलहरलाई अब कसैले रोक्न सक्दैन” । भट्टराई २०७४ सालको स्थानीय निर्वाचनमा पनि रत्ननगर ०८ को वडाध्यक्षमा रा.प्र.पा. बाट उमेद्वारी दिएका थिए । त्यस समयमा पनि उनले लगभग ४०० जति मत खाएका थिए । यस आधारमा पनि उनको लोक प्रियतालाई कसैले नकार्न सक्दैन । “दलहरुले सत्तालाई लुटी खाने भाडो बनाए” भट्टराई भन्छन् “ अहिले देशको अर्थतन्त्र तथा बैदेशिक कुटनीति दयनीय छ ।” उनी अझ थप्छन् “कांग्रेस कम्युनिष्ट सँग जनता व्वाक्क दिक्क मात्र होइन रुष्ट समेत छन्, घर घरमा टोल टोलमा रा.प्र.पा.को लहर छ ।” दलहरुले देशलाई जनतालाई लुट्ने काम शिवाय केही गर्न नसकेको उनको भनाई छ । राप्रपाले संघीयता, धर्मनिरपेक्षता लगायतका विषयमा विरोध गर्दै आएको छ । “ जनता जनता विचमा द्वन्द ल्याउने काम राप्रपाले कहिल्यै गर्दैन ।” उनी भन्छन् “ जनताको भावना अनुकुल देशको कला धर्म संस्कृति, भेष भुषा भाषाको संरक्षण गर्दै देशको संमृद्धिमा लाग्ने समर्पित पार्टी भनेको राप्रपा मात्र हो ।” उनी भन्छन् “अब जनताले बुझी सकेका छन् राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले मात्र देशलाई सही मार्गमा ल्याउन सक्छ” । हुनपनि राप्रपाको आम सभामा देखिने जनलहरले बाँकी दलहरुको असफला प्रष्ट भएको जनताको भनाई छ । नीति सिद्धान्त नै नमिल्ने पाटीहरु बीचको सठबन्धनलाई उनी निष्ठाको गठबन्धन भन्दा पनि लुटेराहरुको लुटी खाने चालको रुपमा हेर्छन् ।“गठबन्धन विरोधी साथीहरु ले पनि हामीलाई सद्भाव राख्नु भएको छ ।”
श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको नेतृत्वमा निर्माण भएको विशाल नेपाललाई यी दलहरुले किस्ता बन्दीमा बेची बेची खाएको उनको आरोप छ । “न त बोकाले दाइँ हुन्छ , नत मियो विना दाइँ हुन्छ” उनी भन्छन् “संबैधानिक राजतन्त्र देशको मियो हो” उनी भन्छन् राजसंस्था विनाको शाशन व्यवस्था असफल भै सक्यो ।”
यस पटक मेयरमा निर्वाचित भएर रत्ननगरलाई नमूना नगर बनाउने धोको भट्टराई सँग छ । “विकाश बजेटहरु कति बिकाशमा जान्छ कति गोजीमा जान्छ जनता सबै जानकार छन्” वडा स्तरमा भएको भ्रष्ट्रचारको गन्धले गाउँ समाज गनाएर बसी नसक्नु भएको उनको भनाई छ ।
उनले हरियाली सहितको रत्ननगरमा रिङरोडको परिकल्पना गरेका छन् । प्राविधिक शिक्षा मार्फत सबैलाई रोजगारीको व्यवस्था गरी पानी, विजुली , स्वस्थ्य, शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्ने उनको योजना छ । अव्यवस्थित सुकुम्वासी वस्तीलाई व्यवस्थित बनाउने उनको लक्ष्य छ । किसानहरुलाई आधुनिक मल विउ, प्रविधि र बजारको व्यवस्था गर्दै किसानहरुको जीवन स्तर उकास्ने उनको अर्को लक्ष्य छ । उनी भन्छन् “यस पटको जनलहरले कांग्रेस , कम्युनिष्ट लगायतका दलहरुलाई बडार्ने छ, यस पटक रत्ननगरको मेयरमा मेरो जित निश्चित छ ”
यस पटकको निर्वाचनमा राप्रपाले राम्रो मत खाने विश्लेशकहरुको आँकलन रहेको छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.