चोक चोकमा हरिश्चन्द्र कै चर्चा ।


प्रकाशवावु खनाल, चितवन
स्थानीय निर्वाचन आइपुग्न अब १ महिना पनि छैन । अझै पनि गठबन्धनमा दलहरुले कुन पालिका तथा वडा कसले पाउने कसलाई उठाउने निणर्य गर्न सकेका छैनन् । हरिश्चन्द्र अधिकारी नेपाली कांग्रेसको तर्फबाट रत्ननगर १४ का वडाध्यक्षमा आकांक्षी हुन् । हुन त यस वडामा १ दर्जन जति नेपाली कांग्रेसबाट नै वडाध्यक्षमा आकांक्षी छन् । २०७४ सालकाको स्थानीय निर्वाचनको मत मरिणामलाई विश्लेषण गर्ने हो भने पनि नेपाली कांग्रेसमा अन्तर्घत भएको प्रष्ट हुन्छ । वडा सदस्यमा निर्वाचित भए पनि अध्यक्ष्यमा नेपाली कांग्रेसका उमेद्वार विष्णु प्रसाद उप्रेतीले पराजय भोग्नु परेको थियो । यस अर्थमा वडा नं १४ को नेपाली कांग्रेस भित्र सद्भाव नभएको , नेताहरुमा राजनैतिक ईमानदारिता नभएको श्वतः देखिन्छ । विचार समूह मात्र होइन व्यक्तिगत स्वार्थका लागि व्यक्ति व्यक्तिले समूह निर्माण गरेकाले अझै कांग्रेस संगठित हुन नसकेको कांग्रेस समर्थकहरु बताउँछन् । अझै एकअर्कालाई स्वीकार्नु को सट्टा निषेध गर्ने परिपाटी को यस वडमा अन्त्य भै सकेको छैन । तर पनि अझै जनसंख्या मतदाताको आधारमा यस वडालाई कांग्रेसको गढ मानिदै आएको छ । यस्तो जटिल अवस्थामा १४ औ अधिवेशनबाट हरिश्चन्द्र अधिकारी सर्वसम्मत रुपमा वडाध्यक्षमा चयन भएका थिए ।
“ १४ औ अधिवेशनमा भएको सर्वसम्मतीले कांग्रेस एक भएको सन्देश दिएको छ ।” अधिकारी भन्छन् “ अधिवेशनमा पनि मेरो नाममा सर्वसम्मत भएकै हो अब अध्यक्ष्यको लागि पनि मेरै नाममा सर्वसंम्मत हुन्छ ” उनी थप्छन् “अकांक्षी साथीहरु तथा सबै कार्यकर्ता जनतालई खुशी पार्दै विश्वसमा लिएर अघि बढ्न सक्ने क्षमता म सँग छ , अब विगतका कुरा विर्सिएर संगठन विस्तार र समाज निर्माणमा लाग्नु को विकल्प छैन ।”
हरिश्चन्द्र तार्किक छन् । संम्वादमा विपक्षीहरु सँग खरो रुपमा प्रस्तुत हुन्छन् । निर्णय गर्ने क्षमाता तथा नेतृत्वदायी क्षमता दुबै उनी सँग छ । उनी मिडियामा त्यति आउन पनि चाहदैनन् । सबैलाई सहमतिमा ल्याउन सक्ने उनको अधिवेशनताका सिद्ध भएको खुबी कै कारण सबै अकांक्षीहरुले वडाध्यक्षमा पनि उनलाई नै समर्थन गर्ने चोक चोकमा चर्चा हुन थालेको छ । १ दर्जन कै हाराहारीमा अधिवेशनमा पनि सभापतिको लागि आकांक्षी हुदाँ पनि अधिकारी कै नाममा सहमति भएको हुनाले यस स्थानीय निर्वाचनमा पनि अधिकारी कै नाममा सहमति हुनु पर्ने भन्दै चिया पसल , ठाँटी, चौतारी तथा घर घरमा चर्चा हुनु स्वभाविक हो । “ म राजनैतिक निष्ठामा प्रतिबद्ध व्यक्ति हो , आफूँ पछि दोस्रोलाई रोज्नु पर्दा सबै साथीहरुले मलाई नै रोज्नु हुन्छ ।” उनी भन्छन् “ यस पटक साथीहरु सबै एक हुनुहुन्छ नेपाली कांग्रेसको जित निश्चित छ ।”

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.