रन्ननगरको घर घर, भेषराज कै लहर ।


प्रकशवावु खनाल , चितवन
आगामी स्थानीय निर्वाचनमा रत्ननगरबाट भेषराज दुवाडी बलिया दावेदार हुन् युवा व्यवसायी, युवा राजनीतिज्ञ तथा सामाजिक अभियान्ताको रुपमा आफूँलाई स्थापित गरेका दुवाडी दान, चन्दा र सहयोगमा उदार छन् ।
हुन त भेषराज को हुन् र समाजमा उनको योगदानको बारेमा केही भन्नु पर्ने आवश्यकता नै छैन । उनको छवि घाम झै छर्लङ्ग छ । उनी युवा व्यवसायी, युवा राजनीतिज्ञ तथा सामाजिक अभियन्ता पनि हुन् । रत्ननगरको मेयरमा कांग्रेसवाट १८ जना आकांक्षी भए पनि चार पाँज जनाको नाम चर्चामा थियो । गत विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातवाट राष्ट्रिय योगदान पुर्याए बापत प्रवल जनसेवाश्री भिभुषणवाट विभुषित भए पछि त झन् घर घरमा उनको लहर आएको छ । “ उहाँ समाजसेवी मान्छे हो , स्थानीय तहमा मात्र होइन उहाँ राष्ट्रिय रुपमा नै भिभुषित हुनु भयो ।” स्थानीय नगरवासी हरि शर्मा भन्छन् “ यो नेपाली कांग्रेसको लागि मात्र होइन समग्र नगर कै लागि गौरव को विषय हो ।”
हुन त १४ औ अधिवेसनमा उनी केन्द्रीय महाँ
धिवेसन प्रतिनिधिमा पनि सर्वाधिक मतका साथमा निर्वाचित भएका थिए । यस बाट नै उनको लोकप्रियता सर्वस्वीकार्य भएको थियो । तथापि प्रवल जनसेवाश्री पदक बाट विभुषित भए पछि त झन् उनको पक्षमा जनमत ह््त्तै बढेको छ ।


२०५४ साल तथा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले हार्दै गर्दा टिका टिप्पणीहरु धेरै भएका थिए । हारको श्रृखलामा अन्तर्घातको घटना जोडिदै गर्दा हाल सम्म दुवाडी कलंक रहित र ट्याग नलागेको व्यक्ति भएको विश्लेशकहरु बताउँछन् । यस अर्थमा पनि भेषराजले अधिवेसनमा जस्तै सर्वाधिक मत खान सक्ने नगरवासीहरुको भनाई रहेको छ ।
“मैले कहिल्यै निषेधको राजनीति गरिन” दुवाडी भन्छन् “ म राजनैतिक निष्ठा र ईमान्दारितामा अडिक छु ।” यस पटक स्वर्थको राजनीति त्यागेर जनताको पक्षमा , नेपाली कांग्रेसको पक्षमा लागेर राजनैतिक धर्म पूरा गर्नुको विकल्प कसै सँग पनि नभएको दुवाडीको भनाई छ । “ आफूँ पछि अर्कोलाई अघि सार्नु पर्दा सबै साथीहरुले मेरै नाम लिनु हुन्छ ।” उनी भन्छन् “समग्र नगरवासीको भावना बुझेर मेरो नाममा सर्वसम्मत गराउन साथीहरु लागिरहनु भएको छ ।”
राज्यको नजरमा भेषराज योग्य , लोकप्रिय र समाजसेवी ठहर भै सकेका छन् । नगरवासीको मन मनमा पनि भेषराजको छुट्टै छवि छ । भुइँ तह देखि केन्द्र सम्म उनको लोकप्रियताको प्रसिद्धिले उनको पक्षमा जनलहर उर्लनु स्वभाविकै हो । समग्र राज्यले गरेको मूल्यांकन नेपाली कांगेसले पनि गर्नु पर्ने नगरवासीको चाहना छ । “सबै साथीहरुलाई ,नगरवासीलाई सँगै लिएर अघि बढ्न सक्ने क्षमता म सँग छ ।” दुवाडी भन्छन् “साथीहरु ढुक्क हुनुहोस् हाम्रो एक मात्र लक्ष्य भनेको नेपाली कांग्रेसलाई जिताउनु हो” । उनी थप्छन् “रत्ननगरको अबको भविश्य नेपाली कांग्रेस सँग जोडिएको छ ।”

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.