गाउँ शहर टोल टोल , माधव कै माहोल ।


प्रकाशवावु खनाल, चितवन
स्थानीय निर्वाचनको माहोल दिनप्रतिदिन तात्दो छ । आकांक्षीहरुको दौडधुप चर्को छ । भरतपुर जस्तै रत्ननगर पनि कुनै हालतमा छाड्न नसकिने जनस्तरमा कांग्रेसहरुको अडान यथावत छ । तर आकांक्षीहरुको बीचमा भने प्रतिस्पर्धा चर्को छ । आकांक्षीहरुमा माधवप्रसाद अर्याल बलिया दाबेदार हुन् । नेपाली काग्रेसको इतिहासमा माधव सतिसाल झै अडिक छन् । उनी सर्वप्रिय पनि छन् । रत्ननगरमा मेयरको लागि माधवको चर्चा चुँलिदो छ । केन्द्रीय स्तरको नेताहरु सँग पनि उनको घनिष्ट सम्बन्ध छ । नेताहरु सँग मात्र होइन कार्यकर्ता जनस्तरमा पनि अर्याल भिजेका शालीन नेता हुन् । राजनैतिक योगदानको हिसावले पनि माधवले मौका पाउनु पर्ने कार्यकर्ता मतदाताको मत छ ।
“राजनैतिक योगदानमा आधारित रहेर सबैले समान अवसर पाउनु पर्छ ।” अर्याल भन्छन् “ यस पटक केन्द्रले पक्कै जनभावना बुझ्ने छ ।” माधव योगदान दिएका तर अवसर नपाएका नेता हुन् । उनी जननिर्वाचित व्यक्ति पनि हुन् । उनी २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि थिए । जनप्रतिनिधिको हिसाबले तात्कालीन समयमा उनको वडा विकाशका दृष्टिले धेरै अगाडि थियो । उनले गरेका तथा तयार पारेका विकाशका ढाँचा बाट सबै लोभिन्थे । उनी सबै सँग सन्तुलित व्यवहार गर्छन् ।
“सबै साथीहरुले सबैलाई संम्मान गर्दै अगाडि बढ्नु पर्छ ।” उनी भन्छन् “ अरुलाई टोक्दा माहुरी आफैँ सकिए जस्तो हामी हुनुहुदैन । उनी थप्छन् “ म सबैका लागि र सबै मेरा लागि ।” अर्याल खुला ह्रदयका छन् । यस पटक नेपाली कांग्रेसको राम्रो माहोल छ । सबै जनताको घर दैलोमा पुगेको र केही जनताको घरदैलोमा पुग्नेक्रममा रहेको उनी बताउँछन् । “ सबै तिर म कांग्रेसको माहोल देख्छु तर जनतामा मेरो माहोल छ ।”
सामाजिक अभियान्ताका रुपमा जनमनमा बस्न सफल उनी कुशल संगठनकर्ता तथा शालीन र भद्र छन् । उनको शालीनताका कारणले विपक्षीहरुको मत समेत खाने विश्लेषकहरुको भनाई छ । कम बोल्ने अर्याल सबैलाई बराबर महत्व दिन्छन् । समाजमा वौद्धक र तार्किक व्यक्तिको रुपमा परिचय बनाएका छन् । निष्ठाको राजनीति गर्ने अर्याल विद्यार्थी जीवनवाट नै सबैले आश गरेका सरल , ईमान्दार क्षमतावान व्यक्तिका रुपमा चिनिन्छन् । विगतका निर्वाचित कम्युनिष्टहरुले रत्ननगरलाई बेथिति, अव्यवस्थित र भ्रष्ट्रचारको अखडा बनाएकाले कम्युनिष्टहरुलाई दण्डित गर्न जनता तयार रहेको उनको भनाई छ । गठबन्धन बाट कोही निरास बन्नु नपर्ने अर्याल बताउँछन् । कांग्रेस पार्टीलाई देशको पहिलो पार्टी बनाएर जनतालाई खुशी पर्नका लागि नै यो गठबन्धन केन्द्रीत भएको उनको धरणा छ । देश र जनतालाई सिध्याउन लाग्ने प्रतिगामीहरुको विरुद्धमा यो गठबन्धन बनेको उनको आशय छ । “यस पटक मेयरमा मलाई देख्न चाहने जनताहरुको इच्चा पूरा हुने छ ।” उनी भन्छन् “ रत्ननगर कांग्रेसमय भै सक्यो नेपाली कांग्रेसको जितलाई अव कसैले छेक्न सक्दैन ।”

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.