फलेवास , पर्वत
जनताको मन मन सँग मात्र होइन केन्द्रमा पनि मुनाको राम्रो सम्बन्ध छ । नेपाली कांग्रसको राजनीतिमा युवा नेतृत्व जबर्जस्त रुपमा अघि बढिरहदा फलेवासका जन जनको जिब्रोमा झुण्डिने नाम हो मुना । सधैँ न्यायको पक्षमा खरो रुपमा उभिने मुनालाई राजनैतिक प्रतिशोधकै कारणले तात्कालीन विद्रोही ले अपहरण समेत गरेको थियो । सबै प्रकारका परिस्थिति र चुनैतिलाई सामाना गर्दै पार्टी पङ्तीमा सतिसाल झै उभिने मुनालाई फलेवासी जनताले यस पटक को स्थानीय निर्वाचनमा मेयरमा उठ्न सल्लाह मात्र होइन दबाब पनि दिन थालेका छन् । “विभिन्न भातृसंगठनमा काम गरेकी उहाँ सफल सिद्ध महिला नेतृ हुनुहुन्छ” स्थानीय चन्द्रा शर्मा भन्छिन् “ विशेष युवा पाका बीचमा मुनाजी लोकप्रिय हुनाले विपक्षीहरुको मत खान सक्ने क्षमता पनि उहाँ सँग छ ।”
खरो वक्ताको रुपमा परिचित मुना समस्यामा निकास दिन सक्ने निर्णय क्षमता भएको नेतृको रुपमा समेत स्थापित हुनुहुन्छ ।
मुना नेपाल विद्यार्थी संघ तथा तरुण दलमा मात्र होइन नेपाली कांग्रेसको पनि वडा कमिटि वाट क्रमशः नगर क्षेत्र हुँदै केन्द्र सम्म पुगेकी नेतृ हुन् । तल्लो ईकाइ बाट संघर्ष गर्दै केन्द्र सम्म पुगेकी छिन् । १३ औ र १४ औ अधिबेसनमा सर्वप्रिय मतका साथ उनी महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । १२ औ अधिवेशनमा पनि उनी क्षेत्रीय सदस्यमा निर्वाचित नेतृ हुन् । “ अधिवेसनको परिणामले नै भन्छ मुनाजी जनताको रोजाईमा भएकी नेतृ हो ।” स्थानीय राजेन्द्र शर्मा भन्छन् “राजनैतिक न्यायको सिद्धान्त अनुसार पनि मेयरको टिकट मुनाले पाउनु पर्छ ।”
मुना प्राज्ञिक एवम् वैद्धिक नेतृत्वको रुपमा पनि स्थापित छिन् उनी स्नातकोत्तर सम्मको अध्यायन पूरा गरेकी एक शिक्षित नेतृ पनि हुन् ।उनले नेपाली तथा राजनीति शास्त्र दुई ओटा विषयमा स्नातकोत्तर गरेकी छिन् ।कानुनमा पनि उनले एलएलबी गर्दै छिन् ।
अधिवेसनमा लागेका घाउहरुमा मलम लगाउँदै कार्यकर्ता साथीहरु माझ भिज्न सक्ने खुल्न सक्ने हार्दिकतता भएकी र कसैलाई पनि पनपक्ष नगर्ने स्वभाव भएर नै मुनालाई मेयरको लागि टिकट दिन पर्ने भन्दै जनस्तरमा आवाज बड्न थालेको स्थानीयहरु बताउँछन् ।
दोस्रो जनआन्दोलनमा उहाँको सकृय सहभागिता रहेको थियो । पार्टी पङ्तीको आन्दोलनमा सकृय रुपमा सहभागी हुने मुना पटक पटक प्रहरी हिरासतमा परेकी मात्र होइन प्रहरी दमन बाट गंभीर घाइते समेत भएकी थिएन् । मुना सामाजिक अभियान्ताको रुपमा पनि परिचित छिन्। समस्यामा परेकालाई आवश्यक सहयोग गर्न सधैँ अगाडि बढ्ने उनको स्वभाव छ ।कोरनाकालमा पनि उहाँले स्वस्थ्य तथा सुरक्षा सामाग्री सहयोग गर्नु भएको थियो ।
“जनताबाट कर लिने काम मात्र भयो जनपक्षमा काम हुन सकेन ।” मुना भन्छिन् “ आफ्ना नजिकका संस्थाहरुलाई प्रथमिकतामा राखी बजेट विनियोजन गर्ने कम्युष्टहरुको यो बर्तमान स्थानीय सरकारलाई दण्ड दिन जनता तयार छन्, जनताको रोजाईमा नेपाली कांग्रेस छ र नेपाली कांग्रेसको जित पनि निश्चित छ ।”
मुना कांग्रेसको कुरा गर्छिन् तर जनताको रोजाईमा उनी छिन् । चिया पसल , चौतारी घर घर टोल टोल मुना कै माहोल छ । “मेरो राजनैतिक योगदानको मूल्याङ्कन पार्टीले गर्नेछ ।” मुना भन्छिन् “जनताको रोजाईमा छु , नेपाली कांग्रेस जिताउन प्रतिवद्ध छु ।”
फलेवासको घर घरमा शुद्ध पानी , विजुली , किसानहरुलाई मल,विउ, आधुनिक प्रविधि , तथा कृषि उपजको लागि बजारको व्यवस्था ,जनताको पहुँचमा शिक्षा स्वास्थ्य , प्राविधिक शिक्षा मार्फत रोजगारीको श्रृजना , स्थानीय श्रोतसाधनको पहिचान र परिचालन गरी नयाँ पर्यटकीय क्षेत्रको खोजी गरी रोजगारीको श्रृजना गर्ने, वृद्धवृद्धाहरुलाई योगदानमा आधारित पेनसनको व्यवस्था सबै तिर कालो पत्रे चौडा सडकहरु, खेलप्रेमीहरुलाई कवर्डहल ठाँउ ठाँउमा मिनी कबर्ड हल सहितको फलेवासलाई नमुना शहर बनाउने मुनाको लक्ष्य छ ।
यस सामाग्री तयार गर्दा सम्म अझै गठबन्धन दलहरु बीच स्थानीय तहहरुमा भागबण्डा मिलिसकेको छैन ।