चितवन । शुक्रबार साँझ परेको चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति भएको छ भने प्रशारण समेत अवरुद्ध भएको छ । अरुण सञ्चार सहकारी संस्था लि.द्धारा पूर्वी चितवनको बकुलहरमा सञ्चालित सामुदायीक रेडियो, रेडयो अर्पण १०४.५ मेगाहर्जमा बिहिबार साँझ हावाहुरी सहित परेको चट्याङ्गले गर्दा सो रेडियोको ५०० वाटको ट्रान्समिटर, युपिएस, अडियो प्रोसेसर, मिक्सर, कम्प्युटर, एसी लगायतका सामानमा गरि करिब १४ लाख बराबरको क्षति भएको रेडियोका सचिव शुरज पौडेलले जानकारी दिए ।
उनले प्रशारण अवरुद्धका कारण श्रोता, बिज्ञापन दाता तथा शुभचिन्तकहरुमा पर्न गएको असुविधा प्रति क्षमा समेत मागेका छन् । पौडेलले रेडियोमा ठुलो आर्थिक संकट परेकाले छिट्टै सो समस्याको समाधान गरि प्रशारणलाई छिटो भन्दा छिटो सुचारु गरिने प्रतिबद्धता समेत ब्यक्त गरे ।