प्रकाशवावु खनाल , चितवन
नेपाली कांग्रेस सहितको ५ दलीय गठबन्धनले गरेको वडा बाँडफाँडमा आफ्नो वडा आफ्नो भागमा नपरे पछि यस वडाका कांग्रेसहरुले बिरोध जनाएका छन् । गत स्थानीय निर्वाचनमा पाएको मतभारको आधारमा वडा आफ्नो भागमा पर्नु पर्ने भन्दै बैशाख ११गते करिव २०० जनाको संख्यामा आएका कार्यकर्ताहरुले नारावाजी गर्दै नगर सभापति प्रह्लाद सापकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

आक्रोसित कार्यकर्ताहरुले नगर कार्यलयमा तालाबन्दी समेत गरेका छन् । वडा सभापति हरिश्चन्द्र अधिकारीको नेतृत्वमा आएका कार्यकर्ताहरुमा महासमिति सदस्य गिता देवकोटा , शशि रानाभाट , जिल्ला सदस्य बुद्धिमान गुरुङ , तेजेन्द्र कुँवर , पूर्व वडा सभापति कमलनाथ अधिकारी , पौषप्रसाद पोखरेल, पूर्व जिल्ला सदस्य विष्णु प्रसाद उप्रेति ,नगर सदस्य राजेन्द्र घिमिरे , बुद्धि देबकोटा,राजेन्द्र कुँवर

,समुद्र खड्का , होमनाथ रानाभाट, धिरेन्द्र घिमिरे , खेमराज दुवाडी ,रमेश थापा, किरण दुवाडी, साधुराम ढकाल साथै गत स्थानीय निर्वाचनमा निर्वाचित मुकुन्द अधिकारी, गिता दाहाल, सुशीला परियार , मिना ढकाल, रिता काप्री , कल्पना पन्त, विद्या खनाल, कपिल अधिकारी , किरण अधिकारी , हरि पोखरेल लगायत नेता कार्यकर्ता , सिङ्गो वडा कमिटि को साथमा २०० जना भन्दा बढि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र बुझाउने क्रममा वडा सभापति अधिकारीले पुनः नेतृत्वले निर्णय सुधार गरी आम वडाका कार्यकताहरुको भावना सम्बोधन गर्ने र वडाले अप्रिय निर्णय लिनु नपर्ने विश्वास व्यक्त गर्नु भयो ।ज्ञापन पत्र बुझ्दै नगर सभापति प्रह्लाद सापकोटाले वडा बाडफाँड बाट आफू पनि सन्तुष्ट नभए पनि गठबन्धनको मर्म बुझिदिन सबैलाई आग्रह गर्नु भयो । सभापति सापकोटाले तत्काल वडा नं १४, लगायत अरु वडाको पनि असन्तुष्टि जिल्लामा रिपोर्ट गर्ने बताउनु भयो । साथै सभापति अधिकारीले क्षेत्र , प्रदेश तथा जिल्ला सभापतिलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनकारी दिनु भयो ।

