प्रकाशवावु खनाल , चितवन
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ढुङ्गना र रेग्मीले स्वतन्त्र बाट अध्यक्षमा उमेदवारी दिएका छन् । गठबन्धनमा आफ्नो वडा काङ्ग्रेसलाई नपरेको भन्दै उनीहरुले स्वतन्त्रबाट वडाध्यक्षमा उमेदेवारी दिएका हुन् । गत स्थानीय निर्वाचनको मतपरिणाम मूल्याङ्क गर्ने हो भने पनि नेपाली कांग्रेस गठबन्धनमा पहिलो ठूलो दल हो । यस वडामा मात्रै ३ जना महासमिति सदस्य छन् । नेतृत्वले तथ्यगत रुपमा अडान लिन नसकेकै कारण बलियो हुदा हुँदै पनि वडा गुमाउनु परेको भन्दै समर्थक कार्यकर्ता रुष्ट छन् । कुनै नेताले पनि यस वडाको तथ्य स्थितिमा अडेर नबोलेको र आफ्नै वडा र मान्छेको लागि मात्रै अडान लिएको भन्दै कार्यकर्ता अझ बढी रुष्ट छन् ।
रुष्ट समर्थक कार्यकर्ताको भावना सम्बोधन गर्नको लागि अध्यक्षमा उमेद्वारी दिएको दुबै उमेद्वारको दलील छ । गठबनधनको लक्ष्य प्रप्तिका लागि दलहरुले रत्ननगरको सबै वडामा अध्यक्ष सहित सदस्यमा पनि उमेद्वारी हाल्न लगाएका छन् । यद्यपि गठबन्धनको निर्णयबाट कुनै दल पनि बाहिर नजाने औपचारिक सहमति भै सकको छ । आक्रोशित हुँदै कार्यकर्ताले दल त्याग नगरुन् भन्ने उद्देश्यले मात्र नेतृत्वले सुझबुझ पुर्याएको जानकार विश्लेषक हरू बताउँछन् । गठबन्धनको निर्णय अनुसार यस वडा समाजवादीको भागमा परेको छ । गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट हरिकुमार श्रेष्ठ निर्वाचित भएका थिए । यस पटक पनि नेकपा समाजवादीबाट हरिकुमार श्रेष्ठले नै वडाध्यक्षमा उमेद्वारी दोहोर्याएका छन् ।नेपाली कांग्रेसको तर्फबाट पनि अध्यक्षमा होमनाथ रानाभाट, खुला सदस्य तर्फ धिरेन्द्र घिमिरे , रमेश थापा , महिला तर्फ कमला पन्त र दलित तर्फ सुशीला परियारले उमेद्वारी दिएका छन् ।
गत कार्यकालमा वडामा भएको बेथिति वाट वडावासी रुष्ट भएकाले दलको दासत्ववाट माथि उठी आफूँले वडाध्यक्षमा उमेद्वारी दिएको ढुङ्गना बताउँछन् । अन्तिम सम्म पनि वडाध्यक्ष नेपाली कांग्रेसको भागमा नपरेमा कुनै हालतमा पनि उमेद्वारी फिर्ता नलिने ढुङ्गना बताउँछन् । ” म विपीको अनुयायी हुँ अनुचित सम्झौतामा झुक्दिन ” ढुङ्गना भन्छन् ” कांग्रेसलाई माया गर्ने आम जनताको भावनाको कदर गर्नु मेरो दायित्व हो, त्यसैले स्वतन्त्रमा उमेद्वारी दिएँ ” । उता रेग्मी भने दुई जना स्वतन्त्र उमेद्वार सल्लह गरेर एक जना पछि हट्ने बताउँ छन् । राष्ट्रिय राजनीतिमा आफूँलाई चासो नभएको तर वडामा कांग्रेस बचाउनकै लागि उमेद्वारी दिएको रेग्मीको भनाई छ । ढुङ्गना र रेग्मी दुबै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।