मैले नेतृत्व गरेका संस्था सफल छन्, वडालाई पनि नमूना बनाउँछुः बद्रि अर्याल ।


स्थानीय निर्वाचन नजिकिए सँगै उमेद्वारहरुको घरदैलो कार्यक्रले तीब्रता पाएको छ । रत्ननगर १६ मा नेपाली कांग्रेसका वडाध्यक्षका उमेद्वार बद्रि प्रसाद अर्याल बलिया उमेद्वार रहेको वडावासीको बताउँछन् । अर्याल सामाजिक व्यक्तित्व हुन् । शिक्षा विभागको योजना शाखामा रहेर काम गरेका उनी मावी तहका पूर्व शिक्षक पनि हुन् । उनले आधा दर्जन जति सामाजिक संस्थाहरुको नेतृत्व कुशलताका साथ समाली सकेका छन् । सामाजिक संस्थाहरुमा देखिएको उनको उत्कृष्ट कार्य क्षमता कै कारण यस पटक को स्थानीय निर्वाचनमा अर्याललाई मतदाताले साथ दिने विश्लेषकहरको आकलन छ । निर्वाचन केन्द्रीत परिवेसमा रहेर पत्रकार प्रकाशवावु खनालले अर्याल सँग कुराकानी गरी तयार पारिएको सम्पादित अंश प्रस्तुत छ अबको क्रममा ।


१,बद्रि जी कस्तो छ निर्वाचनको दौडधूप ?
साह्रै दौडधूप छैन प्रकाश जी । सामान्य नै हो म हिजो पनि वडावासी जनता सँगै छु आज पनि उहाँहरु सँग नै छु । वडावासीले वडाध्यक्षको रुपमा मलाई अगाडि सार्नु भएको छ । घरदैलोमा छु । जनताकै चाहना अनुसार अगाडि बढेको छु । जनतावाट राम्रो साथ पाएको छु । निर्वाचन एउटा लोकतन्त्रको विधि हो यसलाई सामान्य रुपमा नै लिएको छु ।


२, घर दैलोमा जाँदा जनताले के भनेका छन् त ?
जनताहरु सकारात्मक हुनुहुन्छ , मेरो उमेद्वारीले खुशी हुनुहुन्छ । मैले जनजागृति उमावी को व्यवस्थापन समितिमा रहदा होस् या पिठुवा दुग्ध सहकारीमा रहदा होस् संस्थालाई उचाईमा पुर्याउने काम गरेँ । मेरो कार्य सम्पादन गर्ने क्षमतामा जनतालाई विश्वास छ , त्यसैले यस पटकको निर्वाचनमा मलाई निर्वाचित गर्न जनता तयार भएर बस्नु भएको छ ।


३, जजामावी विद्यालयमा , दुग्ध उत्पादक सहकारीमा के काम गरेर देखाउनु भयो र ?


जनजागृतिमा मैले व्यवस्थापन समितिमा हुँदा ३ वर्षे शैक्षिक कार्यक्रम तयार पारेको थिएँ । अग्रेजी माध्यममा पठन पाठनको व्यवस्था लगायतका विषयले विद्यालयको शैक्षिक स्तरोन्नतिमा ठुलो फड्को मार्यो । अहिले नमूना विद्यालय बनेको छ । सहकारीमा किसानहरुलाई पशुजन्य सुविधा दिइयो , एआई लाई निःशुल्क गरियो । विमाको व्यवस्था गरियो , आफ्नै जग्गा भवनको व्यवस्था गरियो । अहिले १ कारोड बरावरको कार्यक्रम ल्याएका छौ काम सुरु हुँदै छ । जसवाट किसानहरुलाई अझ बढी बोनसको व्यवस्था हुन्छ । काउम्याटको व्यवस्था गरिएको छ । किसान दाजुभाइ खुशी हुनुहुन्छ ।


४, अघिल्लो पटकको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो , यस पटक तपाईँले जित्ने आधार के छन् त ?
तपाईँले भनेका कुरा साचो तर , निर्वाचित जनप्रतिनिधिहरुले काम गर्ने अवसर पाएर पनि गर्न सक्नु भएन , गर्नु भएन । जनताहरु खुशी छैनन् । सेवाप्रवाह जनमुखी हुन सकेन । चुस्त भएन , पारदर्शी भएन , आफ्ना नजिकका व्यक्तिलाई र संस्थालाई वजेट लगायतका सेवा दिइयो । वडावासीलाई काखा र पाखा गरियो । अगाडिका जनप्रतिनिधिहरु समग्र वडावासीको अभिभावक बन्न सकेनन् । भूकम्पबाट भत्केका चर्केका घर हरु पनि आफ्ना र अर्को भनी भेदभाव गरी तथ्यङ्क संकलन गरियो, राज्यकोषबाट आउने रमकमा पनि भेदभाव गरियो आफ्ना मान्छेका केही नभएको घरलाई पनि भत्केको चर्केको भनेर आर्थिक साहायता दिइयो । सामान्य वडावासीलाई पनि निवेदन लेखेको भन्दै असामान्य रुपमा दस्तुर लिने काम भयो । त्यसैले जनता रुष्ट छन् , यस पटक मेरो नेतृत्वमा रहेको समुहलाई जिताउन जनता तयार हुनुहुन्छ ।


५, निर्वाचन जिल्नु भयो भने के छ लक्ष्य , के गर्नु हुन्छ ?
जिल्नु भयो भने नभन्नोस् न प्रकाश जी , हेर्नु त मेरो पक्षमा जनलहर , चुनाव त मैले जिती सकेँ, घोषण हुन मात्र बाँकी हो । मुख्य कुरा त म , बेरोजगारको समस्या सामाधान गर्छु । भ्रष्टचारलाई गर्दिन र गर्न पनि दिन्न , किसानहरुलाई कृषि तालिमको व्यवस्था गर्छु । नगदे बाली मार्फत किसानहरुको जिविकोपार्जनलाई सहज बनाउछु । हिउँदे सिँचाईको व्यवस्था गर्छु । उन्नत जातका विउ , समयमा मल , कृषि प्राविधिक र कृषि उपजका लागि किसानको पहुँचमा बजारको व्यवस्था गर्छु । विशेषेज्ञ हरुको सल्लाहमा अल्पकालीन र दीर्गकालीन योजनाको खाका तयार गरी वडालाई नमूना बनाउँछु , स्वस्थ्य चौकीलाई स्तरोन्नती गरेर विशेषेज्ञ सेवा प्रदान गर्न ध्यान दिन्छु । वृद्धवृद्धाहरुलाई वर्षको दुई चोटी सम्म घरमा नै गएर स्वस्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउँछु ,हात्तीगाडेको विद्यालयलाई पनि संस्थागत विद्यालय सरह अग्रेजी माध्यममा लगी नमुना विद्यालय वनाउँछु , महिला , बालबालिका , एकल महिला , वृद्धवृद्धाहरुको संम्मान र सुरक्षामा ध्यान दिन्छु । वृद्धवृद्धाहरुलाई तीर्थयात्राको व्यवस्था गर्छु ।सबै प्रकारका विभेद र हिँसा अन्त्य गर्छु । सबै वडावासीको घरमा विजुली, शुद्ध पिउने पानीको व्यवस्था गर्छु । विपन्न जेहन्दार विद्यार्थीहको लागि छात्रवृत्तिको व्यवस्था गर्छु । बत्ती सहितका विजुका खम्बाहरु र सवै सडकहरुलाई कालो पत्रे गर्छु । प्राविधिक तालिम मार्फत वेरोजगारलाई रोजगार बनाउँछु । प्राकृतिक सम्पदाको रुपमा रहेको कयर खोलामा हुने अबैध दोहनलाई रोकी तटबन्ध सहित पार्कको निर्माण गर्छु । सर्वजनिक जग्गाहरुलाई खोजी खोजी संरक्षण गर्छु । धर्मिक सम्पदाहरुको संरक्षणमा ध्यान दिन्छु । वडावासीको शिक्षा र स्वस्थ्यमा विशेष ध्यान दिन्छु । वडावासी दाजुभाइ दिदी बहिनी कै सल्लाह अनुसार अगाडि बढ्छु । विभिन्न जातजाति , समुदायको भेष, भुषा , भाषा, कला ,धर्म , संस्कृतिको संरक्षणमा ध्यान दिन्छु । वडाले दिने सेवालाई सर्वशुलभ र आर्थिक पारदर्शितामा विशेष ध्यान दिन्छु ।


६, अन्त्यमा वडावासीलाई केही भन्नु छ कि ?
वडावासी सँग सधैँ भेटघाट छ । कुराकानी भै राखेको छ । वडावासीको विश्वासमा ठेस लाग्न दिन्न ।जनतको सेवामा प्रतिवद्ध भएर लाग्ने छु , हरेक मतदाताले दिनु भएको मतको सट्टा वडा र वडावासीलाई सुखी , खुशी र सम्पन्न बनाई गुन तिर्ने छु ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.