नगरवासी,वडावासी जनता कांग्रेसलाई जिताउन तयार छन्ः होमनाथ रानाभाट ।


स्थानीय निर्वाचन मिति नजिकिदै छ । मनोनयन दार्ता सँगै विधानत निर्वाचन आयोगले उमेद्वारहरुको अन्तिम नामावली पनि प्रकाशित गरिसकेको छ । लामो कसरत पछि पनि गठबन्धन दलहरुले चितवनका स्थानीय तहहरुमा मेरय र उपमेयरको पदमा साझा उमेद्वार बनाउन सफल भए पनि रत्ननगरको वडाहरुमा साझा उमेद्वारहरु तय गर्न सकेनन् । अन्ततः मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भनी सहमति गरे । दलहरुले सबै वडाहरुमा आआफ्ना उमेद्वारहरु खडा गरेका छन् । नेपाली कांग्रेसको तर्फवाट रत्ननगर १४ को वडाध्यक्षमा उमेद्वार होमनाथ रानाभाटले उमेद्वारी दिएका छन् ।रानाभाट सँगै धिरेन्द्र घिमिरे, रमेश थापा , कमला पन्त र सुशीलासुशीला परियारले सदस्यको रुपमा उमेद्वारी दिएका छन् । पत्रकार प्रकाशवावु खनालले वडाध्यक्षका उमेद्वार रानाभाट सँग कुराकानी गरी तयार पारिएको सम्पादित अंश ।
१, होमनाथ जी कस्तो छ चुनावी माहोल ?
ठीकै छ प्रकाश जी , गठबन्धनको कारणले के के कता ,कता भयो सुरुमा ,अहिले रत्ननगर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फवाट उमेद्वारी पनि दिइयो । निर्वाचन कार्यलयवाट चुनाव चिन्ह पनि प्राप्त भयो । अहिले घर दैलोको अभियानमा छु ।


२, वडावासी मतदाताले के भनेका छन् त घरदैलोमा जाँदा ?

वडावासी जनताहरु सबै खुशी छन् । गत कार्यकाल चलाएकाहरुवाट जनता अत्तिएका छन् । जताततै बेथिति मात्र छ । अफ्ना मान्छेका घर घरमा बजेट पारिएको छ । अनुदान पारिएको छ । वडा बाट पाउने सेवा सुविधाको बारेमा जनतालाई कुनै जानकारी छैन आफ्ना नजिकका मान्छेलाई समूह शहकारी खोल्नलगाएर बजेट पारिएको छ । जनताहरु रकम दुरुपयोग भएको गुनासो गर्छन् ।रोजगारी पनि क्षमता भएका मान्छेलाई भन्दा आफ्ना मान्छेलाई मात्र भर्ती गर्ने काम भयो । कृषि अनुदान पनि आफ्ना मान्छे केन्द्रीत गरी बाँडियो ।वडा जस्ताको तस्तै छ आफ्ना मान्छे भएका ठाँउहरुमा छानी छानी कालो पत्रे गरिएको छ । जाबो २००,३०० मिटरको बाटोमा पनि आफ्ना मान्छेको घर सम्म मात्रै नापेर कालो पत्रे गर्ने काम भयो । जनता सबै हायलकायल भएका छन् । वडा कार्यलयलाई प्यारो घर जस्तो बनाइयो , जनताले सर्वशुलभ रुपमा सेवा पाउन सकेनन् । उनीहरु सँग जनता रुष्ट छन् । यस पटक नेपाली कांग्रेसको समूलाई मतदान गर्न जनता तयार छन् ।


३, जनप्रतिनिधिमा त तपाईँकै पार्टीको बहुमत थियो नि , किन अरुलाई आरोप लाउनु हुन्छ ?
आरोप होइन प्रकाश जी , जनताले भनेका कुरा हुन् । तपाईँ आफैँ जनता सँग गएर बुझ्न सक्नु हुन्छ नि । हाम्रा जनप्रतिनिधि सदस्य थिए तर के गर्ने कार्यकारी अधिकार अध्यक्ष सँग हुने । हाम्रा प्रतिनिधिले गतल हुँदा आवाज उठाएकै हुन् हेर्नुन नगर, प्रदेश , केन्द्र सबै उनीहरु कै हामीले के गर्ने ।प्रदेशका बजेटहरु कसरी आफ्ना मान्छेलाई बाडिदै छ बाँडियो, हेर्नोस् न जनता सबै रुष्ट छन् ।
४, गत स्थानीय निर्वाचनमा पनि मत परिणाम विश्लेषण गर्द कांग्रेसबाट अन्तर्घात भएको देखियो , यस पटक अन्तर्घात हुने अवस्था के कस्तो छ ?
सदस्यहरु कांग्रेसले जित्दै गर्दा अध्यक्षमा पराजय वेहोर्नु पर्यो , यसले गर्दा अन्तर्घात भयो कि भन्ने आभाष हुनु स्वभाविक हो । कतै गल्ती भए सुधार हुन्छ । हाम्रो वडामा मात्रै ३ जना महासमिति सदस्य छन् । २ जना जिल्ला सदस्य छन् । नगर उपसभापति छन् । अरु पार्टीको तुलनामा मतदाता संख्या पनि हाम्रो निकै धेरै छ । पार्टीले हार्यो भने सबैको नैतिकतामा वडा देखि केन्द्र सम्म नै प्रश्न उठ्छ । आफूँ भए ठीक र अरु भए गलत भन्ने सोचाई राख्ने हो भने त किन राजनीति गर्नु । पार्टी बाँचे आफ्नो राजनैतिक जीवन बाच्ने हो । एउटा गल्तीले लामो समय पार्टीलाई पछाडि पार्छ । झण्डै यस पटक पनि वडा अरुकै भागमा परेको ।मैले यो पटक भन्दा दोस्रो पटक वडाध्यक्ष बन्दिन भनेको छु । राजनीति गर्ने साथीहरु सबैको पालो आउनु पर्छ । व्यक्तिगत रुपमा सबै सबैको लागि राम्रो नहुन सक्छन् । तर सबै भन्दा ठुलो कुरा पार्टी बचाउनु हो । स्थानीय निर्वाचन भएकोले गत चुनावमा चिनजानको आधारमा केही मत तलमाथि भयो होला तर अहिलेको माहोल छुट्टै छ । अहिले साथीहरु सबै एकजुट हुनुहुन्छ । मलाई जिताउन भन्दा पनि पार्टीलाई जिताउन प्रतिबद्ध हुनुहुन्छ । यस पटक हाम्रो जित निश्चित छ ।


५, तपाईले चुनाव जित्ने आधार के छन् त ?
मुख्य आधार भनेकै मतदाता हुन् । हाम्रो मतदाता संख्या धेरै छ । अर्को आधार भनेको गत निर्वाचित वडाध्यक्षको कामबाट वडावासी चिडिएका छन् । वडा कार्यलयमा बेथितिका डुङ्गुर छन् । पदको लागि दिनै पिच्छे जतापनि दैडने प्रवृत्तिबाट जनता हैरान भएका छन् । म साविक पिठुवा ६को निर्वाचित वडाध्यक्ष पनि हो । म सँग काम गर्ने अनुभव र शैली छ । म हाम्रो भन्दा पनि राम्रो र न्यायको पक्षमा वकालत गर्ने व्यक्ति हो । सबैले छुचो छ तर न्याय को पक्षमा बोल्छ भन्नु हुन्छ । वडामा सबै तिर मेरो साथीभाइ तथा पारिवारिक सम्बन्ध छ । म भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न । मेरो खरो स्वभावलाई नै जनताले मन पराउँछन् । म विकाश प्रेमी मान्छे हो त्यसैले मैले जित्ने पक्का छ ।


६, चुनाव जिते पछि के गर्नु हुन्छ , के छ लक्ष्य ?
गर्नु पर्ने काम धेरै छ , मैले घोषडा पत्रमा पनि उल्लेख गरेको छु । सारमा भन्नु पर्दा वडावासीहरुलाई सहज र शुलभ रुपमा आदर सहितको सेवा प्रदान गरिने छ । भूमिहीन , तथा अव्यवस्थित वस्तिहरुलाई व्यवस्थित गरिने छ ।खर तथा टायलका कच्ची घरहरुलाई जस्तापाताका पक्की घर निर्माणमा सहयोग गरिने छ ।शौचालय , स्नानगृह तथा भान्साबाट निस्कने फोहोर पानी व्यवस्थापन गरिने छ ।विपन्न वर्गलाई स्वास्थ्य बीमा निःशुल्क गरिने छ । सडकहरुलाई कालो पत्रे गरी विजुलीका खम्बाहरुमा बत्तीको व्यवस्था सहित पूर्वाधार निर्माणमा ध्यान दिइने छ ।राजस्व अशुलीलाई सर्वशुलव रुपमा व्यवस्थापन गरिने छ । धार्मिक क्षेत्रहरुको संरक्षण र निर्माण गरिने छ । वृद्धवृद्धाहरुलाई तीर्थयात्राको व्यवस्था मिलाइने छ । विपन्न तथा दलितहरुलाई निःशुल्क स्वास्थ्य बीमा तथा शव अन्तेष्टि तथा किरिया खर्चका लगि आर्थिक सहयोग गरिने छ । सुत्केरी तथा गर्भवती महिलाई झुल तथा भत्ताको व्यवस्था गरिने छ । बिभिन्न तालिम जस्तै सिलाई बुनाई , व्युटीसियन , वैरिङ, प्लम्बिङ, टायल मार्बल लगाउने जस्ता प्राविधिक शिक्षा मार्फत बेरोजगारहरुको लागि रोजगारको व्यवस्था गरिने छ । युवाहरुलाई शारीरिक,संबेगात्मक तथा मानसिक रुपमा स्फूर्त राख्न खेलकुलमा जोड दिदै कभर्डहल निर्माण गरिने छ ।पछाडि परेको गैरी गाउँमा दिवा खाजा सहित प्राथमिक विद्यालय संचालनको लागि पहल गरिने छ । विपन्न परिवारलाई अनुदान सहित वडाका प्रत्येक घरमा शुद्ध खाने पानी पुर्याइने छ । किसानहरुलाई उन्नत जातका बीउ , मल , आधुनिक प्रविधि , बजार, पशुबीमा र प्राविधिकको व्यवस्था गरिने छ । सहकारी मार्फत किसानहरुको जीविकोपार्जनमा सहयोग गरिने छ । आर्थिक मितव्ययिता अपनाउँदै भ्रष्ट्रचार विरुद्ध शून्य सहनशीताका साथमा । आयव्याय पारदर्शीका साथ सार्वजनिक गरिने छ । समाजमा विद्यमान जातीय, लैङ्गिक, विशिष्ट क्षमता भएका अपाङ्गहरुमा हुने सबै प्रकारका विभेद अन्त्यका लागि सामाजिक जागरण अभियान चलाइने छ । वेजोजगारलाई लक्षित गरी निःशुल्क तालिम , व्यवसाय दर्ता परामर्श र आवश्यक कागजातका आधारमा सर्वशुलभ व्याजका साथमा लगानीको लागि व्यवस्था मिलाइने छ । वडाले गर्नु पर्ने काममा आवश्यकता अनुसार विज्ञहरु संमिलित सल्लाहकार परिषद गठन गरिने छ , टोल टोलमा सुझाव तथा गुनासा पेटिका राखिने छ । धार्मिक स्थल लौरी घोलमा किरिया पुत्री भवन निर्माणमा गरिने छ । आन्तरिक पर्यटन विकाशका लागि होमस्टे को निर्माणमा ध्यान दिइने छ । आवश्यक स्थलहरुमा सार्वजनिक शैचालय र सार्वजनिक धाराको निर्माण गरिने छ । सामुदायिक विद्यालयहरुको शिक्षालाई अझै गुणस्तरीय बनाई , डक्टर , इन्जिनियर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुको लागि आर्थिक सहयोगका लागि कोषको निर्माण गरिने छ । हिउँदे सिचाईका लागि डिप बोरिङ तथा भुतिहामा ड्याम निर्माणका लागि पहल गरिने छ ।
७, अन्त्यमा
संम्पूर्ण वडावासीलाई हाम्रो समुहलाई मतदान गरी विजय गराउन अनुरोध गर्न चाहन्छु ।।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.