रत्ननगरको मेयरमा प्रह्लाद कै पल्लाभारी ।


चितवन,
आगामी स्थनीय निर्वाचनमा रत्ननगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट प्रह्लाद सापकोटा र नेकपा एमालेको तर्फबाट बिमला देवी दुवाडीको विचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । मतदाताको घरदैलोमा पुग्न उमेद्वारलाई भ्याई नभ्याई छ । ३ दशक देखिको आफ्नो विरासद जोगाउन नेकपा एमालेले कडा चुनावी रणनीतिका साथ अगाडि बढेको छ भने आफ्नो अस्थित्व रक्षाको लागि नेपाली कांग्रेस पनि जोडतोडका साथ अगाडि बढेको छ । गत स्थानीय निर्वाचनको मत परिणामलाई आधार मान्ने हो पनि नेपाली कांग्रेसको जित निश्चित भएको प्रसस्त आधारहरु छन् ।
एक त अहिलेको निर्वाचनमा नेकपा एमालेको विरुद्ध पाँच दलीय गठबन्धन रहेको छ । पार्टी विभाजन सँगै नेकपा एमालेको संगठन भत्किएको छ भने आफ्नो अस्थित्व जोगाउन कांग्रेस पनि कडा रुपमा प्रस्तुत भएको छ । नेकपा एमाले गत स्थानीय निर्वाचन जित्दै गर्दा नगरमा केहि विकाश गर्न नसकेको ,स्थानीय तह देखि केन्द्र सम्म नीतिगत भ्रष्ट्रचार मौलाएको , करिव दुई तिहाईको सरकार चलाउन नसकेको , लोकतन्त्रका विरुद्ध पटक पटक संसद बिघटन गरेको , आफन्त कार्यकार्तालाई मात्र पालित पोषित गरेको आफ्नो पार्टी मिलाउन नसकेको भनेर जनताहरुको गुनासो रहेको छ ।

यस पटक रत्ननगरमा ५२६४२ मतदाता रहेका छन् । नेतृत्वको भनाई अनुसार गठबन्धनका उमेद्वारहरुले चुनाव जिच्ने निश्चित जस्तै छ । रत्ननगरमा अघिल्लो तथ्याङ्क अनुसार नेपाली कांग्रेसको कृयाशील सदस्य ४६०५ रहेको छ ,त्यस्तै नेकपा माओवादीको २३०० भन्दा बढी छ भने नेकपा समाजवादीको अघिल्लो तथ्याङ्क अनुसार १००० को हाराहारीमा संगठित सदस्य रहेको बताएको छ । रत्ननगरमा आफ्नो ६००० हजार मत रहेको समाजवादीको दावी रहेको छ । उता नेकपा एमालेको संगठित सदस्य अघिल्लो तथ्याङ्क अनुसार २३०० रहेको बताइएको छ ।


गत स्थानीय निर्वाचनमा रत्ननगरमा कुल मतदाता संख्या ४३१५४ थियो । जसमा नेकपा एमालेले मेयरमा १४६७७ मत ल्याएर विजयी हुँदै गर्दा नेपाली कांग्रेले १३२२७ मत प्राप्त गरेको थियो । नेकपा माओवादीले मेयरमा करिव ४८०० मत ल्याएको थियो । यसरी गत निर्वाचनमा कूल मतदाता संख्याको ३४ प्रतिशत मत ल्याएर नेकपा एमाले विजयी भएको थियो ।
यस पटक नेपाली कांग्रेसले आफ्नो मात्रै २३ हजार भन्दा बढी मत रहेको दावी गरेको छ । दावी सबैको जित्ने मत आफूँ सँग भएको भन्ने नै छ । तर यस पटक नेपाली कांग्रेसका सापकोेटा समाजसेवीको रुपमा आफूँलाई स्थापित गरेका पात्र हुन् । उनी युवा जोस जागरले भरिएका व्यक्ति हुन् । उनी पार्टी भित्र पनि निष्कलंक छन् । उनी विशेष युवाहरु माझ त सेलीब्रेटी जस्तै छन् । जस्तो सुकै समस्यालाई पनि सहज रुपमा व्यवस्थित गर्दै अगाडि बढ्न सक्ने क्षमता उनमा छ । उनी आफूँलाई सर्वविज्ञ ठान्दैनन् तर विज्ञहरुको विज्ञतालाई संम्मान गर्न सक्ने शीप उनी सँग छ । सबैलाई मिलाएर लैजान सक्ने क्षमता उनीँ सँग छ । उनको घोषणा पत्रले झन् मतदाताको मन तानेको छ । विपन्न सुकुम्वासी देखि सम्पन्न सम्म , महिला वालवालिका देखि वृद्धवृद्धा सम्म विकलाङ्ग देखि सवलाङ्ग सम्म, किसान देखि व्यपारी सम्म सबैलाई लाभ पुग्ने गरी रोजगारीको श्रृजना गरी रत्ननगरलाई नमूना नगर बनाउन सक्ने आधारहरु सहित उनको प्रतिवद्धता पत्रमा देख्न सकिन्छ ।

भाषणले होइन जनताको मन जित्न काम गरेर देखाउनु पर्ने उनको मान्यता छ । जनताको सेवा गरेकै कारणले जनताको मनमनमा आफ्नो वास रहेको सापकोटा बताउँछन् संघसंगठन, मठ मन्दिर ,दीनदुःखी , गरिव, जेहेन्दार विद्यार्थी , विरामी सबैलाई सहयोग गर्न पछि नहट्ने सापकोटाले सामाजिक अभियान्ता मात्र होइन दानवीरको रुपमा पनि आफूँलाई स्थापित गरेका छन् । चोक चोक , घर घर , टोलटोलमा नगरवासीहरु सापकोटाले मेयरमा जिल्ने निश्चित जस्तै भएको बताउँछन् । समाजसेवा गरेर नै सापकोटाले जनताको मन जितेकाले विपक्षीहरुको पनि धेरै मत खाने विश्लेषकहरु बताउँतन् ।
व्यक्तिगत रुपमा नै ख्याति कमाएका सापकोटालाई झन् गठबन्धनको बलियो साथ छ । गत स्थानीय निर्वाचनलाई तथा दलीय तथ्याङ्कलाई,सामाजिक व्यक्तित्व, गठबन्धनका साझा उमेद्वार आदि बलिया तथ्यहरुलाई आधार मान्ने हो भने रत्ननगरमा यस पटक गठबन्धनको तर्फवाट साझा उमेद्वार नेपाली कांग्रेसका प्रह्लाद सापकोटाको पल्लाभारी पूर्णरुपमा देखिन्छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.